Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं  – १८ देखि ६० वर्षसम्मका मानिसलाई रक्तदान उमेर समूहमा राखिन्छ । र, रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दा बढी हुन आवश्यक हुन्छ ।

-रक्तदान गर्ने व्यक्तिलाई मलेरिया, जन्डिस, मधुमेह, क्षयरोग, एड्सलगायत कुनै पनि यौनरोग लागेको हुनुहुँदैन ।

– मदिरा सेवन गरेको २४ घन्टाभित्र रगत दिनुहुँदैन । र, लागुपदार्थ सेवन गरेका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन ।

– रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न सकिन्छ । गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारी भइरहेको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन ।

– रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन ।

– रक्तदान गर्नुभन्दा तीन घन्टा अगाडि पोषिलो खाना सेवन गर्नु राम्रो हुन्छ । र, रक्तदानको समय जुसको सेवन गर्दा पनि स्वास्थ्यमा फाइदा पुग्छ । यस्तो खानाले थकाइ नलाग्ने पनि हुन्छ ।

तपाईको प्रतिक्रिया