शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – नेपाल मगर संघ जापानको कान्तो क्षेत्रीय अधिवेशनले रित राना मगरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

आइतवार भएको सो अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षहरुमा विजय थापा मगर, मनिष मगर, रुद्र थापा मगर, खड्क पुन मगर र महिला उपाध्यक्षमा जिग पुन मगर चयन भएका छन् । यसैगरी सचिवमा महेन्द्र खपाङ्गी मगर, सहसचिवमा नारायण बुढा मगर, कोषाध्यक्षमा रमेश राना मगर र सहकोषाध्यक्षमा चेतबहादर थापा मगर चयन भएको निर्वाचन मण्डलका सदस्य थानु राना मगरले समुद्रपारिलाई बताए ।

यसैगरी सदस्यहरुमा मिष्ट्री राना मगर, मिनबहादुर थापा मगर, चेतन राना मगर, बलबहादुर मगर, सबिन थापा मगर, असिम खपाङ्गी मगर, दिलिप राना मगर, रबिन थापा मगर, रबिन्द्र मगर, अनुज मगर, तुलप्रसाद गलामी मगर, तोम राना मगर, छोक्पा मगर र अस्मिता मगर चयन भएका छन् भने साँस्कृतिक संयोजकमा चेतन घर्ती मगर र खेलकुद संयोजकमा भिक्टर मगर चयन भएका छन् ।

नेपाल मगर संघ जापानका केन्द्रीय अध्यक्ष नविन थापा मगरको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष टेकबहादुर लिम्बु (सुमन) को प्रमुख आतिथ्यतामा भएको सो अधिवेशनमा तमु धीं जापानका अध्यक्ष अनिता गुरुङ लगायतका संघसंस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तब्य रहेको थियो ।

नयाँ कार्यसमिति चयनका लागि पूर्व अध्यक्षहरु थानु राना मगर, गमप्रसाद जुग्जाली र शैलेन्द्र थापा मगर रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।

अधिवेशन शिन-ओकुबो स्थित बारकाडे रेष्टुरेन्टमा भएको थियो ।  ***

 

तपाईको प्रतिक्रिया