शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो – महिलाहरुको महान पर्व तीजका अवसरमा मालिका समाज बाग्लुङ जापानले विविध कार्यक्रम सम्पन्न गरेको छ । तीजका अवसरमा मालिका समाज बाग्लुङ जापानले टोकियोमा चेलीबेटीलाई दर खुवाउने तथा सांगितिक कार्यक्रम सम्पन्न गरेको हो ।सो कार्यक्रममा कलाकारहरु सुर्य खड्का, युवराज आचार्य, प्रेम सापकोटा, निशा क्षेत्री ‘निशाना’, महेन्द्र न्यौपाने गीतकार नारायण कंडेल, राधिका सापकोटालगायतको प्रस्तृतीमा महिलाहरु छमछमी नाचेका थिए । साथै कार्यक्रममा महिलाहरुले नेपालमा बाढी-पहिरोले निम्त्याएको विपत्तिको विषयमा समेत गीत बनाएर प्रस्तृत गरेको थिए । परम्पराको निरन्तरतासँगै प्रवासको व्यस्त दैनिकीकाबीच भेटघाटलाई मुख्य उद्देश्य बनाएर कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । उक्त कार्यक्रममा बिहुँकोट समाजका अध्यक्ष देविलाल सुवेदीले शुभकामना मन्तव्य राख्नु भएको थियो भने ताराप्रशाद सापकोटाको स्वागत मन्तव्य राख्नुभएको थियो । विष्णु सापकोटोले सञ्चालन गर्नुभएको कार्यक्रम मालिका समाज बाग्लुङ जापानका अध्यक्ष गुरुप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया