शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – मालिका समाज बाग्लुङ जापानले दर खाने तथा तीज सांगीतिक कार्यक्रम शनिबार टोकियोमा सम्पन्न गरेको छ । परम्पराको निरन्तरता सँगै प्रवासको ब्यस्त दैनिकिका बिचको भेटघाटलाई मुख्य उद्देश्य बनाएर कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । कार्यक्रममा चर्चित लोक दोहोरी गायक युवराज आचार्य, प्रेम सापकोटा सोनु, राधिका सापकोटा र निशा क्षेत्री निशानाले आ-आफ्ना प्रस्तुतिबाट उपस्थित सबैलाई छमछमी नचाएका थिए भने अन्य थुप्रै स्थानिय सांगीतिक प्रस्तुतिले उपस्थितलाई मनोरन्जन प्रदान गरेका थिए ।

कार्यक्रममा बिहुँकोट समाजका अध्यक्ष देबिलाल सुबेदीले शुभकामना मन्तब्य राख्नुभएको थियो भने कार्यक्रममा ताराप्रसाद सापकोटाको स्वागत मन्तब्य, गुरुप्रसाद सापकोटाको अध्यक्षता र बिष्णु सापकोटाको संचालन रहेको थियो । ***

तपाईको प्रतिक्रिया