आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानका टेनिस खेलाडी केई निशिकोरी अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा क्रोएसियाका मारिन सिलिचलाई पाखा लगाउँदै निशिकोरी अन्तिम चारमा पुगेका हुन् ।

न्यूयोर्कको चर्को गर्मीमा ४ घण्टा ८ मिनेट चलेको खेल निशिकोरीले ३–२ को सेटमा जिते । पहिलो सेट २–६ ले गुमाएका सिलिचले यसपछिका सेट ६–४, ७–६, ४–६ र ६–४ ले जिते ।निशिकोरीको यो जितसँगै युएस ओपन टेनिसको आधुनिक ईतिहासमा पहिलो पटक जापानका दुई खेलाडीले पुरुष र महिला एकलको सेमिफाइनल खेल्ने भएका छन् ।

जापानकी खेलाडी नाओमी ओसाका युएस ओपन महिला एकलको सेमिफाइनलमा प्रवेश गरिसकेकी छन् ।

तपाईको प्रतिक्रिया