आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – रुपन्देही समाज जापानले आइतवार एक साँगीतिक समारोहका बिच चेलीबेटीहरुलाई दर खुवाउनुका साथै तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सूर्य खड्का, प्रेम बस्नेत, चेतन घर्ती मगर, शान्ता बिसी लगायतका कलाकारहरुले तीज बिशेष साँगीतिक प्रस्तुतीहरु पस्केका थिए । सो अवसरमा राताम्मे सारी र छड्के तिलहरीमा सजिएका नेपाली नारीहरु तीज बिशेष साँगीतिक प्रस्तुतीमा झुमेका थिए । समाजका कार्यबाहक अध्यक्ष चेतन बस्नेतको सभापतित्वमा भएको सो कार्यक्रममा गायिका समेत रहेकी कार्यक्रम संयोजिका शान्ता बिसीले उपस्थित सबैमा स्वागत गर्नुका साथै समाजको तर्फबाट तीजको शुभकामना दिएकी थिईन् ।

करिव २ सय जना जति उपस्थिति रहेको सो कार्यक्रममा महिलाहरुको उपस्थिति उत्साहजनक रहेको थियो ।

कार्यक्रमको अन्तमा कार्यबाहक अध्यक्ष बस्नेतले नेपाली नारीहरुको पर्व हरितालिका तीजको शुभकामना ब्यक्त गर्नुका साथै कार्यक्रमलाई सफल पार्न बिभिन्न ढंगले सहयोग गर्ने सबैमा धन्यबाद ब्यक्त गरेका थिए । टोकियो रोधी क्लवमा भएको सो कार्यक्रमको समाजका महासचिव उमेश गिरीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा आयोजक संस्थाका पुरुषहरुले स्वयमसेवी भूमिका निर्बाह गरी महिलाहरुका लागि खानपिन तथा मनोरञ्जनको वातावरण निर्माणमा खटेर सहजीकरण गरेका थिए ।***

तपाईको प्रतिक्रिया