Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – कतिपय अवस्थामा नचाहँदा–नचाहँदै पनि घरबाहिर भोजन गर्नुपर्ने हुन्छ । कतिपय मानिसको सोखका कारण पनि घरभन्दा बाहिर खाने बानी हुन्छ । होटेल वा रेस्टुरेन्टका खाना बासी, कम पाकेको, फोहोरलगायतका समस्या पनि हुन सक्छन् । यस्तो खानाको प्रयोगले जुनसुकै समयमा पनि फुड पोइजनिङको समस्या हुन सक्छ :

कागती
कागतीमा एन्टी इन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल र एन्टिभाइरल गुण हुन्छ । त्यसैले पानीमा कागतीको रस मिसाएर सेवन गर्दा शरीरमा भएका फुड पोइजनिङका ब्याक्टेरिया मरेर जान्छन् । तपाईंले खाली पेटमा पनि कागती पानीको प्रयोग गर्न सक्नुहुन्छ । तातो पानीमा पनि राखेर प्रयोग गर्न सक्नुहुन्छ ।

तुलसी
तुलसीमा रोगका सूक्ष्म जीवाणुसँग लड्ने क्षमता हुन्छ । तुलसीलाई विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । एक कटौरा दहीमा तुलसीको पात, कालो खुर्सानी र थोरै नुन राखेर पनि खान सकिन्छ । पानी वा चियामा तुलसीको पात राखेर नियमित प्रयोग गर्दा पनि फुड पोइजनिङबाट बच्न सकिन्छ ।

स्याउ
स्याउमा मेटाबोलिजमको मात्र ढाउने तत्व हुन्छ । खाली पेटमा स्याउको सेवन गर्दा खराब ब्याक्टेरिया मरेर जान सहयोग पुग्छ । परिणामतः फुड पोइजनिङबाट बच्न सकिन्छ ।

दही
दही पनि एक प्रकारको एन्टिबायोटिक हो । दहीमा थोरै बिरेनुन राखेर नियमित सेवन गर्न सकिन्छ ।

लसुन
लसुनमा एन्टी फंगल गुण हुन्छ । बिहान खाली पेटमा काँचो लसुनको पोटी पानीसँग सेवन गर्दा फुड पोइजनिङबाट मात्र नभएर कैयौँ समस्यामा राहत मिल्ने गर्छ ।

तपाईको प्रतिक्रिया