Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  हालै भएको अध्ययनबाट च्याउले डिप्रेसनग्रसित मानिसको उपचारमा विशेष भूमिका हुने तथ्य पत्ता लागेको छ । च्याउमा कैयौँ त्यस्ता तत्व हुन्छन्, जसले डिप्रेसनपीडितलाई राहत प्रदान गर्छ ।


ब्रिटेनको इन्पिरियल कलेजका शोधकर्ताका अनुसार यसमा भएको गुणले डिप्रेसनको दुस्प्रभावबाट बचाउने काम गर्छ । च्याउमा साइलोसाइबिन नामक तत्व हुन्छ, जसले डिप्रेसनको खतरालाई कम गर्न मद्दत गर्छ ।

डिप्रेसनको सिकार भएकाहरूलाई च्याउ खुवाई यसको अनुसन्धान गरिएको थियो । त्यसबाट च्याउमा भएको साइलोसाइबिनले बिरामीको मुड र लक्षणलाई सुधार गर्ने प्रमाणित भएको थियो ।

त्यस्तै, यसको प्रयोगले डिप्रेसनको सम्भावनालाई पनि कम गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया