आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो-जापानको कानून मन्त्रालयले हालै एक सूचना सार्वजनिक गरी विदेशी शरणार्थी अावेदकको संख्या घटेको बताएको छ । यसैवर्षको जनवरीदेखि जून महिनासम्मको विदेशी शरणार्थी आवेदकहरुको संख्या अघिल्लो वर्षको तुलनामा २ हजार ९ सय ७५ जना घटेको बताइएको छ । २०११ सालदेखि हरेक वर्षवृद्धि भइरहेको शरणार्थी आवेदकको संख्या ८ वर्षपछिको सबैभन्दा कम संख्या हो । जनवरीदेखि नै लागू हुने गरी ल्याइएको नियम अनुसार शरणार्थी आवेदन दिएपछि आवेदकले मुद्दा फैसाला नलागेसम्म काम गर्न नपाउने नियमले गर्दा काम मात्रै गर्ने उद्देश्यले शरणार्थीमा आवेदन दिनेहरु कम भएको बताइएको छ । शरणार्थीमा आवेदन दिएकाहरुमध्ये एकैपटक ६ हजार ३ सय ७५ जनाको मुद्दा छिनोफानो लागेको थियो । सक्कली शरणार्थी आवेदक हो, होइन भन्ने कुरा सकेसम्म छोटो समयमा छानविन हुने बताइएको थियो । सोही अनुसार अघिल्लो वर्षको तुलनामा १ हजार ८ सय ७५ बढीको छानविन एकैपटक सकिएको भनिएको छ ।

विद्यार्थी तथा प्रशिक्षार्थीका रूपमा जापान आएर शरणार्थी आवेदन पेशगरी ६ महिनापश्चात काम गर्ने अनुमति दिने गरिएको थियो । जसले गर्दा काम गर्ने उद्देश्यले शरणार्थी आवेदन दिनेहरुको संख्यामा वृद्धि भएको थियो । २०१० मा १ हजार २ सय २ जना शरणार्थी आवेदक रहेको थियो भने उक्त संख्यामा वृद्धि भई २०१७ मा १९ हजार ६ सय २९ जना पुगेको थियो । जनवरीदेखि वास्तविक शरणार्थी हो, होइन भनेर २ महिनाभित्र नै कागजातहरु चेकजाँच र छानविन गरी आवेदनमाथि निर्णय गर्ने गरिएको थियो । कानून मन्त्रालयले अघिल्लो नियमलाई परिवर्तन गर्नुको कारण नै नक्कली शरणार्थी आवेदकहरुमाथि कडार्इ गर्नु रहेको थियो । नयाँ नियम लागू भएपछि काम गर्न कै लागि शरणार्थी आवेदन दिनेहरुको संख्यामा गिरावट आएको बताईएको छ । यता शरणर्थीहरुसँग सम्बन्धित काम गर्ने कानूनविदहरुले भने मन्त्रालयको यो कार्य आवेदक घटाउने उद्देश्य मात्र रहेको भनेकाे छ । आवेदनमाथि कडार्इ गरेपछि कतिपय वास्तविक शरणार्थी आवेदकहरु पनि मर्कामा परेको उनीहरुको भनाई रहेको छ  । शरणार्थी मान्यता पाएका २० जना पनि अन्य देशहरुको तुलनामा निकै नै कम रहेको भन्दै छानविनमा खुकुलो पन अपनाउन भनिएको छ ।***

 

तपाईको प्रतिक्रिया