Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडाैं – नरिवल पानी हामीकहाँ त्यती प्रचलित छैन । अहिले फलफूल पसलहरुमा भने नरिवल पानी बेच्न थालिएको छ । तपाईंलाई थाहा हुनैपर्छ, छालाको सौन्दर्यका लागि यो निकै उपयोगी मानिन्छ । बलिउड सेलिब्रेटीहरुले नरिवल पानी पर्याप्त पिउने गर्छन्, सौन्दर्यकै खातिर ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ज्याकलिन फर्नान्डिसको कुरा गरौं वा सोनम कपूरको, उनीहरु पर्याप्त नरिवल पानी पिउने बताइरहेका हुन्छन् । शरीरमा पानीको कमी हुन नदिन तथा छालाको सौन्दर्यतालाई कायम राख्न पनि उनीहरुको रोजाई प्रायः नरिवल पानी पर्ने गर्छ ।

सदियौंदेखि यसरी प्रयोग भयो

नरिवल पानीको महत्वबारे बुझेर चार हजार वर्ष अगाडी नै यसलाई पोषणयुक्त फलको रुपमा सेवन गरिन्थ्यो । विशेषगरी ट्रपिकल तथा सब-ट्रपिकल क्षेत्रमा पाइने नरिवलको महत्वबारे बुझेर नै विश्वले नरिवललाई विभिन्न तरीकाले उपयोग गरेको पाइन्छ ।

नरिवलमा प्रशस्त मात्रामा पानी हुने भएकोले यसलाई अरु फल भन्दा भिन्न मानिन्छ । सामान्यतया ताजा नरीवल पानी हरियो, स्वस्थ्य तथा नविग्रेको नररीवलमा  पाइन्छ । नरिवल पानी गुलियो हुनुका साथै यसमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, इलेक्ट्रोलाइट्स, एमिनो एसिड लगायतका विभिन्न पोषण तत्व पाइन्छ ।

नरिवल पानी फ्याट रहित, कोलेस्ट्रोल रहित, लो क्यालोरीयुक्त हुनुका साथै यसको सेवनले शरीरमा पानीको कमी हुन दिदैन । यसले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्ने भएकै कारण  विभिन्न अभिनेत्रीहरुले समेत विभिन्न किसिमका पेय पदार्थलाई नरिवल पानीले प्रतिस्थापन गर्दै आएका छन् ।

पोषणको स्रोत

नरिवल पानीमा विभिन्न पोषण तत्व पाइने भएकै कारण शरीरमा पानीको कमी भएमा  इन्जेक्सनको माध्यमबाट यसलाई सिधै शरीरमा पठाउन सकिन्छ । नरीवल पानीमा भिटामिन ‘बी’ का साथै भिटामिन सीको मात्रा प्रशस्त पाइन्छ । जसले शरीरमा एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ । त्यस्तै, यसमा पाइने साइटोकिनिन्सले एन्टी एजिङ्ग, एन्टी कार्सिनोजेनिक तथा एन्टी थ्रोम्बोटिकको रुपमा काम गर्ने विभिन्न अनुसन्धानहरुले जनाएको छ ।

त्यसबाहेक पनि नरिवल पानी सेवन गर्नुका विभिन्न फाइदा छन्, जुन यस प्रकार छ ।

-इलेक्ट्रोलाइट्सको राम्रो स्रोत

-शरीरमा रक्तसञ्चार राम्रो बनाउँछ ।

-पीएच लेभल नियन्त्रण गर्छ ।

-कोषिकामा पोषणतत्व तथा अक्सिजनको प्रवाह गर्छ ।

-शरीरका विषादी हटाउन मद्दत गर्छ ।

-शरीरमा पानीको कमी हुन दिदैन

-पाचन प्रणाली दुरुस्त राख्छ ।

– भिटामिन ‘बी’ पर्याप्त मात्रामा पाइन्छ ।

-मिगौलाको पत्थरी हुन दिंदैन ।

तपाईको प्रतिक्रिया