Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – पछिल्लो समय बढ्दो तौल र मोटोपनाले थुप्रै मानिस तनावमा छन् । उनीहरू यसबाट बच्न विभिन्न उपायको खोजी गरिरहेका हुन्छन् । त्यसैले बढी तौललाई नियन्त्रण गर्न डाइटिङदेखि अन्य शारीरिक क्रियाकलापमा पनि ध्यान दिन जरुरी हुन्छ । विशेष सावधानीका साथ खाद्यपदार्थको प्रयोग गर्दा यसलाई सजिलै घटाउन पनि सकिन्छ । आजैदेखि खानामा प्रयोग गर्नुस् यस्ता खाद्यपदार्थ :

पालक
पालकको सागमा भिटामिन ए, के, सी, ई, कपर, आइरन र क्याल्सियम हुन्छ । यसमा क्यालोरीको मात्रा भने कम हुने गर्छ । यसलाई दैनिक खानामा प्रयोग गर्दा तौल घटाउन सहयोग पुग्छ । पालकमा थायलाकाइड्स नामक ग्रिन लिफ मेम्बरेन हुन्छ । जसले ४३ प्रतिशत वेट लुज गर्न सहयोग पु-याउँछ।

च्याउ
च्याउलाई तौल घटाउने निकै राम्रो खाद्यपदार्थको रूपमा लिइन्छ । किनभने, यसमा प्रचुर मात्रामा फाइबर हुन्छ । त्यसैले, च्याउको कम मात्र प्रयोग गर्दा पनि अत्यधिक शक्ति प्राप्त गर्न सकिन्छ । यसको प्रयोगले छोटो समयमा भोक लाग्ने समस्याबाट पनि टाढा रहन सकिन्छ ।

गाँजर
तौल कम गर्न गाँजरको प्रयोग पनि निकै उत्तम मानिन्छ । गाँजरमा ब्रिटा क्यारोटिन र फाइबरको मात्रा प्रशस्त हुन्छ । यसले भोकलाई पनि कन्ट्रोलमा राख्ने काम गर्छ ।

सिमी
सिमीमा फाइबरको मात्रा अत्यधिक हुने गर्छ । जसले तपाईंलाई लामो समयसम्म तृप्त राख्न सहयोग गर्छ । यसको प्रयोगले लामो समयसम्म इनर्जेटिक राख्न मद्दत गर्छ ।

एभोकाडो
एभोकाडोमा मोनोस्याचुरेटेड फ्याटी एसिड, पोटासियम, डाइटरी फाइबर र अन्य तत्व हुने गर्छ । नियमित रूपमा सही तरिकाले यसको प्रयोग गर्दा छोटो समयमा तौल घटाउन मद्दत पुग्छ । कैयौँ अध्ययनअनुसार एभोकाडोले मोटोपनको समस्या दूर गर्ने मात्र नभएर मुटुसम्बन्धी समस्यालाई पनि नियन्त्रणमा राख्न सहयोग पुग्छ ।

तपाईको प्रतिक्रिया