Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडाैं – तपाई आफ्नो बच्चा र चुरोटलाई एक साथ प्रेम गर्न सक्नुहुन्न । यदी गर्नुहुन्छ भने दुई मध्ये एकलाई छाड्नुपर्ने हुन्छ । अमेरिकाको एक अनुसन्धानले अभिभावकको चुरोट सेवन गर्ने कुलतले गर्दा बालबालिकामा फोक्सोको गम्भीर समस्या देखाएको छ, जसले मृत्यु निम्ताउन सक्छ। अनुसन्धानबाट चुरोट सेवन नगर्ने एक लाख वयस्कको निधन मध्ये ७ जनाको मृत्यु प्यासिभ स्मोकिङ विमारीका कारण भएको देखिएको छ ।

प्यासिभ स्मोकिङ विमारी प्रत्यक्ष रुपमा चुरोट सेवन नगर्ने, अरुले सेवन गरेका चुरोटका धुँवाले असर गर्ने अवस्था हो । बालबालिकामा देखिने यस्ता किसिमका फोक्सोको समस्यालाई निराकरण गर्न यस अनुसन्धानले अभिभावकले चुरोट त्याग्नुपर्ने निष्कर्ष निकालेको छ । घरमा चुरोट सेवन गर्दा अप्रत्यक्ष रुपमा त्यसको धुँवाले बालबालिकामा घातक असर पर्ने जनाइएको छ । अमेरिकी क्यान्सर सोसाइटीको अध्ययनमा ७० हजार ९ सय चुरोट सेवन नगर्ने पुरुष र महिलालाई समावेश गरिएको थियो ।

जसका अभिभावकपनि चुरोट सेवन गर्थे । उनीहरुमा फोक्सोको समस्या देखिएको छ । यस अनुसन्धानमा चुरोटका लत लागेका बाउ-आमाका छोराछोरीलाई उमेर बढेसँगै फोक्सो लगायत अन्य रोगहरुले पनि ग्रस्त बनाउने बताइएको छ ।

अनुसन्धान

यदी बालबालिकाहरु हप्तामा १० घण्टासम्म चुरोटको धुँवाको आसपास हुन्छन् भने उनीहरुमा २७ प्रतिशत फोक्सोको समम्या हुने सम्भावना हुन्छ । यस्तै मस्तिष्कको समस्या हुने सम्भावना २३ प्रतिशत हुन्छ भने अन्य समस्या देखिने सम्भावना ४२ प्रतिशत हुन्छ ।

यस अध्ययन चुरोट सेवन गर्ने अभिभावकका बालबालिकामा गरिएको अनुसन्धान हो । जसलाई ‘अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिन’मा प्रकाशित गरिएको छ । अमेरिकी क्यान्सर सोसाइटीको यस अध्ययनमा ७० हजार ९ सय चुरोट सेवन नगर्ने पुरुष र महिलालाई समावेश गरिएको थियो । जसका अभिभावक पनि चुरोट सेवन गर्थे । अनुसन्धानका लागि उनीहरुको स्वास्थ्य परीक्षण २२ वर्षसम्म गरिएको थियो ।

चुरोट त्याग

अनुसन्धानमा चुरोट सेवन गर्ने अभिभावकका सन्तानमा गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुने देखिएपछि, अनुसन्धानकर्ताले चुरोटलाई त्याग्न नै उपयुक्त भनेका छन्। विकल्पमा घर बाहिर चुरोट सेवन गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया