Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडाैं – कुनै स्वास्थ्य समस्या पर्दा डाक्टरलाई घरमै बोलाउनेदेखि औषधी र एम्बुलेन्ससमेत बोलाउन मिल्ने मोवाइल एप्स सञ्चालनमा आएको छ । ‘डाक्टर अन डिमाण्ड (डकनक) प्रालि’ ले सुरु गरेको डकनक एपमार्फत बिरामीले आवश्यकता पर्दा डाक्टर, औषधी र एम्बुलेन्स मगाउन सक्नेछन् ।

ट्राफिक जामका कारण अस्पताल पुग्न समय लाग्ने समस्याबाट उन्मुक्ति दिन, समयको बचत र सहज सेवाका लागि यो एप प्रभावकारी हुन सक्ने निर्माणकर्ताहरु बताउँछन् । डकनक प्रालिका निर्देशक डा. सुशील सिग्देल भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य भनेकै विरामी र डाक्टर बीचको दुरीलाई कम गरी विरामीलाई स्तरीय सेवा प्रदान गर्नु हो । यसका लागि हामीले घरमै बसेर डाक्टरलाई बोलाउन सक्ने मोबाइल एपको विकास गरेका छौं ।’ हाल काठमाडौं उपत्यकामा मात्र केन्द्रित गरिएको यो एप गुगल प्लेस्टोबाट निशुल्क डाउनलोड गर्न सकिनेछ ।

एपका प्रयोगकर्ताले ३० देखि ६० मिनेटभित्रमै विशेषज्ञ चिकित्सकीय सेवा लिन सक्नेछन् । त्यस्तै, आफूले चाहेको डाक्टरसित समय लिन र आकस्मिक सेवाका लागि घर नजिकै रहेको एम्बुलेन्स बोलाउन पनि सक्नेछन् । एपमार्फत प्रयोगकर्ताहरुले आफूलाई चाहिएको औषधी मगाउनुका साथै प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) को सेवा समेत लिन सक्नेछन् । डाक्टरले दिएको प्रेस्क्रिप्सनको फोटो खिचेर वा अक्षर टाइप गरेर सिस्टममा अपलोड गरेपछि मगाएको औषधी घरमै पुग्याउने व्यवस्था डकनकले गरेको छ ।

यस्तै, प्रयोगशाला परीक्षणका लागि घरमै बसेर आफूलाई चाहिने जाँच सेवा अर्डर गरेपछि डकनकका कर्मचारीहरु नमूना संकलनका लागि विरामीको घरमै पुग्ने गर्छन् । अनि रिपोर्ट पनि घरमै ल्याइदिन्छन् । ‘यसरी परीक्षण गराएवापत र औषधी मगाएवापत प्रयोगकर्ताहरुले थप शुल्क भने तिर्नु पर्दैन । उहाँहरुले बजारकै मुल्यमा घरमै औषधी प्राप्त गर्न सक्नुहुनेछ’, डकनकका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक क्षितिज गौतमले भने ।

तपाईको प्रतिक्रिया