Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि बिरामी नजाँच्ने आन्दोलन १५ दिनका लागि स्थगित गरेको छ । नेपाल चिकित्सक संघले अाज काठमाडौंमा पत्रकार सम्मेलन गरी भदौै १ गते (भोलि) देखि बिरामी नजाँच्ने आन्दोलन १५ दिनसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो ।

सरकारले लागू गर्न लागेको मुलुकी अपराधि संहिताले चिकित्सकहरुलाई कैदसहितको दण्ड सजायको व्यवस्था गरेको विरोधमा संघले बिरामी नजाँच्ने लगायतको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । कार्यक्रम १५ दिनका लागि स्थगित गरिएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो । संघले आफ्नो लाइसेन्स भने संघको कार्यालयमा  बुझाउन देशभर चिकित्सकहरुलाई निर्देशन दिएको छ । सरकारले १५ दिनभित्र पनि आफूहरुको माग अनुसार त्यो संहिता संशोधन नगरे बिरामी नजाँच्ने संघका अध्यक्ष श्रेष्ठले चेतावनी दिनुभयो ।

संघले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संशोधन गरेर लापरर्वाही भए नभएको पुष्टि गर्न छानबिन समिति बनाउने व्यवस्था गर्न माग गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघको माग अनुसार त्यही संहिता संशोधन गर्ने प्रतिवद्धता जनाएपछि चिकित्सकहरुले पनि भोलिदेखि बिरामी नजाँच्ने आफ्नो निर्णय १५ दिन पछि सारेका हुन् ।

तपाईको प्रतिक्रिया