Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

यसकारण हुन्छ
-यो वंशाणुगत समस्या हो । त्यसैले परिवारको कुनै सदस्यमा समस्या भएमा पछिल्लो पुस्तामा यस्तो समस्या हुन सक्छ ।

-गर्भमा रहँदा पनि थाइराइडको समस्या देखिन्छ ।

-डिप्रेसन, क्यान्सर, कुनै औषधिको साइड इफेक्टका कारणसमेत थाइराइड हुन्छ ।

लक्षण

-थकान र कमजोरी ।

-कपाल झर्ने, फुल्ने,

-छोटो समयमै शरीरको तौलमा भारी परिवर्तन आउने,

-डिप्रेसनमा जाने,

-धेरै गर्मी वा अत्याधिक जाडो हुने,

-स्किन डिजिजको समस्या निम्तने ।

के गर्ने ?

-परीक्षणपश्चात् थाइराइड ग्रन्थिको रोग देखिए तत्कालै विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचारमा लाग्नुपर्छ ।

-रेडियो एक्टिभ, आयोडिन तथा एन्टिथाइराइड औषधि र शल्यक्रिया (हाइपर थाइराइडिज्मका लागि) र थाइराइड हर्मोन चक्की (हाइपो थाइराइडिज्मका लागि)लगायतका विभिन्न रासायनिक हर्मोनको प्रयोगले यसको प्रभावकारी उपचार हुन्छ ।

-आवश्यकताअनुसार विशेष तथा लाक्षणिक उपचार हुन्छ ।

-यस प्रकारको रोगबाट बच्ने एक मात्र उपाय भनेको समय–समयमा थाइराइड हर्मोनको रक्तपरीक्षण गर्ने र रोग भएमा समयमै उपचार गर्नु नै हो ।

-त्यस्तै, आयोडिनयुक्त नुनको प्रयोग, अनावश्यक रूपमा एक्सरे, सिटिस्क्यान आदि पटक–पटक नगर्ने, तनाव, चिन्ता र हतासलाई न्यूनीकरण गर्ने, धेरै चिया, कफी तथा चुरोटको प्रयोग नगर्ने, सक्रिय जीवनशैली अवलम्बन गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया