Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडाैं –  प्रायः सबैको चाहना हुन्छ, शान्ति, सफलता र प्रतिष्ठा । तर, यी तीन कुरा प्राप्त गर्न भने निकै गाह्रो । यद्यपि शान्ति, सफलता र प्रतिष्ठा प्राप्तिका लागि स–साना कुरामा पनि ध्यान पु-याएर गर्न जरुरी हुन्छ । अर्थात्, जुनसुकै क्षेत्रमा प्रवेश गरेको पहिलो पाइलादेखि नै सावधानी अपनाउनुपर्छ । त्यसैले, सांसारिक जीवनमा पूर्णता प्राप्त हुँदैन, तर पूर्णता प्राप्तिको प्रयत्नलाई जीवन्त राखिराख्दा भने उत्कृष्टता अवश्य प्राप्त गर्न सकिन्छ । यसका लागि ज्ञानको दायरा पनि बढाउँदै लैजानुपर्छ ।

किनकि अज्ञानता र बेहोसी भ्रम हो । जसरी मानिस ठूलो होइन, सानो ढुंगासँग लड्छ त्यस्तै दैनिक जीवनमा पनि स–साना गल्तीले हामीलाई दुःखी बनाउँछ । तसर्थ ज्ञानको दायरा बढाउन विनम्र, धैर्य, क्षमा, सत्य र समझ हुन जरुरी हुन्छ :-

विनम्र
विनम्र अर्थात् गुड म्यानर सामान्य ज्ञानको प्रथम सूत्र हो । प्रमुख कुरा भनेको बोल्नुअघि सोच्नुपर्छ । तर, विडम्बना धेरै मानिस बोलेपछि सोच्छन् । जहिले पनि बिस्तारै र विनम्रतापूर्वक बोल्नुपर्छ । यो संस्कारको सूचक पनि हो । विनम्रतापूर्वक बोलेको नराम्रै कुराको पनि प्रभाव राम्रो हुन्छ । तर, राम्रै कुरा पनि विनम्रतापूर्वक नबोल्दा त्यसको गलत प्रभाव पर्ने गर्छ ।

धैर्य
विचारक जोन रस्किनले भनेका छन्, ‘जोसँग धैर्य छैन त्यो मानिस टाट पल्टेको छ ।’ यही विषयमा चाइनिज उखान पनि छ, ‘तपाईंसँग प्यासन छैन भने तपाईं प्यासेन्ट हुनुहुन्छ ।’ त्यसैले दैनिक जीवनको क्षण–क्षणमा हामीलाई धैर्यको आवश्यकता हुन्छ । धैर्य नभएमा ३० प्रतिशत जीवन बर्बादीमा जान्छ, ३० प्रतिशत धनको क्षति हुन्छ र ३० प्रतिशत विवादमा फँसिन्छ । त्यसैले कुनै पनि कार्यलाई शान्तिपूर्वक गर्न जरुरी हुन्छ ।

क्षमा
सामान्यतया हामीले हेर्ने, पढ्ने र सुन्ने कुरामा ५० प्रतिशत पनि साँचो नहुन सक्छ । त्यसैले, पाइला–पाइलामा समझ र विवेकको उपयोग गर्नुपर्छ । अहंकार, अज्ञान र स्वार्थले अनगिन्ती गल्ती हुन्छन् । यसकै कारण स–साना कुरामा पनि एक–अर्कालाई गलत ठान्छौँ, अपमानित र रिस गरिरहन्छौँ । कतिपटक त हामी अरूको कुरै बुझ्न सक्दैनौँ ।

आफूलाई महाज्ञानी ठान्ने प्रवृत्ति छ । तर, के अरूको अस्वीकारपछिको अवस्थालाई बुझ्न सक्छौँ ? त्यसैले, दैनिक जीवनको गल्ती क्षमा गर्ने बानीको विकास पनि गर्नुपर्छ । क्षमा नदिएको अवस्थामा लामो समयसम्म त्यही कुराले तपाईंलाई पीडा दिन सक्छ । त्यसले विकराल रूप लिन सक्छ । त्यस्तै, आफ्नो गल्ती हुँदा पनि क्षमा माग्न सक्नुपर्छ ।

सत्य
सत्य दुई प्रकारको हुन्छ । एउटा सनातन र अर्को तात्कालिक । विशेष गरी तात्कालिक सत्यको कुरा गरौँ । कहिलेकाहीँ हामीलाई लाग्न सक्छ आफ्नो गल्ती अरूलाई थाहा नै हुँदैन । त्यसैले पनि गलत तरिकाबाट लाभ लिनका लागि कुप्रयास गर्छौं र असत्यको बाटो अँगाल्छौँ । जब सच्चाइ थाहा लाग्छ अनि अपमानित हुनुपर्छ । त्यसैले सत्य सत्य नै हो र सत्य नै शक्ति हो भन्ने कुरा याद राख्नुपर्छ ।

बुझाइ
सयौँ सेमिनार, प्रवचन र कार्यशालामा भाग लिएपछि मलाई लाग्यो ५० प्रतिशत कुराको मात्र बुझाइ हो । तर, यो सामान्य ज्ञानको प्रथम सूत्र हो । जसरी राम्रो नलागेको कुरा अरूसँग गर्नुहुँदैन । दैनिक जीवनमा हामीसँग सम्बन्धित भएका अपेक्षाबारे पनि भन्नुपर्छ । तपाईंको वाणी र चाहनाका बारेमा कसैलाई थाहा हुँदैन । हामीमध्ये धेरै मानिसको मनमा भ्रम हुन सक्छ । जोकोही पनि कुनै विषयको पक्ष वा विपक्षमा रहन्छ । जबकि त्यस कुरासँग व्यक्तिको खास कुनै सम्बन्ध हुँदैन ।

तर, बुझाइ भएको मान्छे प्रायः विषयमा निरपेक्ष रहन्छ । यस्तै कुरालाई दैनिक जीवनमा लागू गर्दा हामीले ज्ञानको दायरा वा क्षमतालाई बढाउन सक्छौँ । किनकि सामान्य ज्ञानले नै दैनिक जीवनमा घटित स–साना कुराबाट पनि हामीले सिक्न सक्छौँ । यसका लागि कुनै ठूलो किताब पढ्न वा कार्यशालामा भाग लिइरहनुपर्दैन । –नयाँ पत्रिकाबाट 

तपाईको प्रतिक्रिया