Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

लमजुङ – स्पेनका एक नागरिकले बेसीसहरस्थित मानवसेवा आश्रमलाई ८० हजार सहयोग गरेका छन् । कामको सिलसिलामा नेपाल आएका स्पेनिस नागरिक लुइस जिमीनेजले सो सहयोग गर्नुभएको हो । शनिबार बेसीशहर-७ मा रहेको आश्रममै पुगेर उहाँले नगद ८० हजार हस्तन्तरण गर्नुभएको थियो ।

४७ वर्षीय लुइसले मानवसेवा आश्रमको गतिविधि सुनेपछि मानवीयताको नाताले सहयोग गरेको बताउनुभयो । लुइसले सहयोग गरेको रु ८० हजारबाट उहाँकै परामर्शमा आश्रमको लागि टेलिभिजन खरिद गरिएको आश्रमकी संयोजक अनिता अधिकारीले बताउनुभयो । लुइसले चार वर्षअघिदेखि बेसीसहरस्थित गुम्बाको लागि करीब तीन लाख बराबरको सहयोग गर्दै आउनुभएको छ भने बेसीशहरकै जनविकास माविमा ६ लाख बराबरको सहयोग गर्दै आउनुभएको छ ।

उहाँले मानव सेवा आश्रमका बारेमा पहिलो पटक सुनेको भन्दै आगामी वर्षहरूमा सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो । होटलमा जागिर गर्दै आउनुभएका लुइसले यसअघि नाइजेरियाका परिवारबिहीनलाई आश्रय, सुडान, इथियोपियाका गरिबीमा परेकालाई औषधि सहयोग तथा फिजीका विभिन्न विद्यालयमा स्वयंसेवक शिक्षण सहयोग गरेको बताउनुभयो । ***

तपाईको प्रतिक्रिया