Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – नेपाल र बंगलादेशबीच उर्जा सम्झौता भएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले उक्त समझदारीमा हस्ताक्षर भएको छ ।

अब बंगलादेशले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने भएको छ । साथै नेपालको विजुली समेत बंगलादेशले किन्ने भएको छ । समझदारीमा नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल-बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने जस्ता विषय समावेश भएका छन् ।

सन् २०१६ को अक्टोबरमा बंगलादेशको राजधानी ढाकामा भएको दक्षिण एसिया आर्थिक सम्मेलनमा ऊर्जा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यो बेला बंगलादेशले नेपालमा करिब १ हजार ६ सय मेगावाट क्षमता बराबरका दुई ठूला आयोजनामा लगानी गर्ने उल्लेख थियो । त्यो बेला भएको सहमति बमोजिम एक हजार एक सय १० मेगावाट क्षमताको सुनकोशी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोशी तेस्रोमा बंगलादेशले लगानी गर्नेछ ।

तपाईको प्रतिक्रिया