Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं  – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदन दिने समय एक साता थप गरिएको छ । दोलखा घर भई काठमाण्डौंमा बस्दै आएका सर्वसाधारणका लागि गत साउन १६ गतेदेखि आवेदन खुल्ला गरिएको थियो ।

इच्छुकको संख्या अत्यधिक भएपछि आवेदन भर्ने समय एक साता थप गरिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो । आवेदन भर्नका लागि दोलखामा रहेका जिल्लाबासीका लागि भदौ १४ गते र काठमाडौंबासीका लागि आजसम्मको समयावधि तोकिएको थियो ।

समयावधि थपिएपछि काठमाडौंवासीले अब भदौ १ गतेसम्म आवेदन दिन पाउनेछन् । अहिलेसम्म ४५ हजार बढीले आवेदन भरेको र झण्डै १ अर्ब रुपैयाँ संकलन भएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

आयोजनाले स्थानीयवासीका लागि एक अर्ब पाँच करोड ९० लाख बराबर अर्थात १० प्रतिशत शेयर खुला गरेको हो । यसलगत्तै अन्य सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गर्ने तयारी आयोजनको छ ।

स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको सो आयोजनाको ९६ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । कुल ४ सय ५६ मेगावाट क्षमताको आयोजनाले आगामी चैतसम्ममा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।

हालसम्म आयोजना निर्माणका लागि ३९ अर्बभन्दा बढी खर्च भएको आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया