Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – आँपको लस्सीबारे चर्को गर्मीबाट राहत पाउन आँपको लस्सीको रेसिपीलाई ट्राई गर्न सक्नुहुन्छ । यस्तो लस्सीलाई सजिलैसँग आँफ्नै घरमा पनि तयार गर्न सक्नुहुन्छ । घरमै तयार पारेको आँपको लस्सी स्वस्थकर हुनुका साथै स्वादिष्ट पनि हुन्छ ।


आँपको लस्सी तयार पार्न आँपलाई काटेर लस्सी बनाउने सामग्रीलाई एकत्रित गर्नुस् र मिक्सर ग्राइन्डरमा राखेर त्यसलाई ब्लेन्ड गर्न सक्नुहुन्छ ।

गाढा र क्रिमी लस्सी मन पराउनुहुन्छ भने यसमा पानीको प्रयोग गर्नुहुँदैन । तर, पातलो लस्सी पिउन चाहनुहुन्छ भने मिक्सर जारमा चिसो पानी मिसाउन सक्नुहुन्छ ।

आँपको लस्सी निकै लोकप्रिय हुनुको पछि यसले गर्मीमा इनर्जी पनि प्रदान गर्छ । त्यस्तै, दहीमा भएको प्रोबायोटिक गुणले शरीरलाई चिस्याइराख्ने काम गर्छ ।

लस्सीलाई स्वादिलो बनाउन अलैँचीको प्रयोग गर्न सक्नुहुन्छ । अलैँची स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ ।

आवश्यक सामग्री
आँप :एक कप
चिनी : आधा चम्चा
दही : आधा कचौरा
अलैँची : २ वटा
पुदिनाको पात : ४–५ वटा
बरफको टुक्रा : ८–९ वटा

विधि
एक या दुईवटा पाकेको आँप ल्याउनुस् र त्यसलाई काटेर स–साना टुक्रा बनाउनुस् ।

त्यसपछि एउटा जार लिनुस् र त्यसमा दही, आँपको टुक्रा, चिनी र बरफको टुक्रा राख्नुस् ।

त्यसपछि अलैँची राख्नुस् र ब्लेन्ट गरी स्मुद लस्सी तयार पार्नुस् । अब भने लस्सीलाई गिलासमा सर्भ गर्न सक्नुहुन्छ । गिलासमा सर्भ गरेपछि पुदिनाको पात माथिबाट राखिदिनुस् ।

यदि चाहेको खण्डमा जारमा पानी राखेर पनि ब्लेन्ड गर्न सक्नुहुन्छ । स्वादका लागि पुदिनाको पातको साटो बदामको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया