Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

काठमाडौं – धूम्रपान स्वाथ्यका लागि अत्यन्तै हानिकारक छ । यो कुरा सबैलाई अवगत पनि छ । तर, हानिकारक छ भन्ने थाहा भए पनि धूम्रपान गर्ने युवाको संख्या बढ्दो छ ।

कतिपय साथीभाइको लहैलहैमा परेर धूम्रपानको लतमा फसेका छन् भने कतिपय तनाव कम गर्ने बहानामा धूम्रपान गरिरहेका हुन्छन् । लत बसिसकेपछि कतिपयलाई छुटाउनै गाह्रो हुन्छ । त्यसो भए कसरी छाड्ने त धूम्रपान ? यी हुन् केही महत्वपूर्ण टिप्स :

धूम्रपान त्याग्न सबैभन्दा पहिले मानसिक रूपले तयार हुनुपर्छ । आत्मबल बढाउन सक्नुभयो भने मात्र धूम्रपानको लत छुटाउन सहज हुन्छ ।
धूम्रपान छाडेपछि मानसिक तथा शारीरिक स्फूर्तिका लागि दैनिक बिहान–बेलुका प्राणायाम र ध्यान गर्दा राम्रो हुन्छ । यसले तपाईंलाई व्यस्त पनि बनाउँछ ।
धूम्रपान त्याग्दै गरेको मानिसले धूम्रपान गर्ने मानिसबाट टाढै रहनुपर्छ ।
धूम्रपान छोडेको २४ देखि ४८ घन्टाभित्र अत्यधिक छटपटी र औडाहा हुन्छ । यस्तो वेला रिस उठ्ने, टाउको दुख्ने, चक्कर लाग्ने, पेट र छाती पोल्ने, निद्रा नपर्ने, ध्यान केन्द्रित नहुनेजस्ता समस्या हुन्छन् । यस्तो अवस्थामा अत्यधिक पानीको सेवन गर्न आवश्यक हुन्छ ।
धूम्रपान छाडेपछि निरन्तर पानी पिउने बानी विकास गर्नुपर्छ । छटपटी लाग्नेबित्तिकै पानी पिउनुपर्छ । साथमा रसदार फलफूल खाने बानीले फाइदा गर्छ । ल्वाङ, सुकमेल वा दालचिनी मुखमा राखेर खेलाइराख्दा पनि धूम्रपानको लत कम हुन्छ ।
धेरै प्रयास गर्दा पनि छटपटी घटेन, पागलजस्तै हुने स्थिति आयो भने कम निकोटिनयुक्त नाक वा मुखको स्प्रेजस्ता सामग्री प्रयोग गर्न सकिन्छ । तर, चिकित्सकको सल्लाह भने आवश्यक हुन्छ ।
धूम्रपानबाट हुने हानि र यो छाडेपछि प्राप्त हुने फाइदाबारे बढीभन्दा बढी जानकारी हासिल गर्नुपर्छ । पहिला धूम्रपान
त्यागेपछि फाइदा हुन्छ भन्ने कुरामा विश्वस्त हुनुपर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया