Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – रोजगार अनुमति प्रणाली अन्तर्गत रोजगारीको लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकट वापत दिने रकममा २३ प्रतिशत घटेको छ । अब कामदारले हवाई टिकट वापत ४ सय ११ अमेरिकन डलर (४५ हजार २ सय ९२ रुपैयाँ) दिनुपर्नेछ ।

श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले विद्युतीय बोलपत्र आब्हान गरी भाडादर घटाएको हो । यसअघिको ट्राभल्सलाई ५ सय ३० डलर बुझाउने गरेको थियो । यसबाट कोरिया जाने कामदारले तिर्ने रकममा वार्षिक १० करोड रुपैयाँ भन्दा बढी बचत हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

सरकारले २००८ देखि इपिएस प्रणालीमा कामदारलाई कोरिया पठाउँदै आएको थियो । हालस्मम कोरिया ५४ हजार ३ सय ६३ जना गइसकेका छन् । जसमा ३ हजार ३ सय ३८ जना महिला छन् । सन् २०१८ मा कोरिया जानको लागि ७ हजार ९ सय ९८ जना भाषा परीक्षामा उत्तीर्ण भएका छन् ।

तपाईको प्रतिक्रिया