Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – सर्पले डसेको एक मिनेटभित्रै शरीरमा भएका टाइट गहना र कपडा फुकाल्नुपर्छ । उक्त ठाउँमा टाइट पट्टी बाँध्नुहुँदैन ।

जुन ठाउँमा डसेको छ, उक्त भागलाई मुटुको लेभलभन्दा तल राख्नुपर्छ ।

घाइतेलाई जहाँ छ, त्यस्तै अवस्थामा स्थिर राख्नुपर्छ । यसो गर्दा विष शरीरका अन्य भागमा फैलन पाउँदैन ।

जुन ठाउँमा टोकेको छ, उक्त ठाउँमा हल्का कपडाले छोप्नुपर्छ ।

घाइतेलाई शान्त राख्ने प्रयास गर्नुपर्छ ।

सर्पले टोकेको चार घन्टाभित्र एन्टिभेनमको इन्जेक्सन दिनुपर्छ ।

डसेपछि मार्नका लागि सर्प समात्ने प्रयास गर्नुहुँदैन । किनकि, यसले अरूलाई पनि डस्न सक्छ ।

चुसेर विष निकाल्ने प्रयास गर्नुहुँदैन ।

अल्कोहल, चिया, कफी पिउने गल्ती गर्नुहुँदैन । ***

तपाईको प्रतिक्रिया