Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – कहिलेकाहीँ खाना खाइरहेको बेला हामीलाई थाहा हुँदैन कि, हामीले कति खायौं, के खायौं ? रोगको कारण यही नै हो । भनिन्छ, विश्वमा खान नपाएर होइन, खान नजानेर धेरै मानिसले ज्यान गुमाउँछन् । खान नजानेरै हो, रोगी भएको पनि ।

के भनिन्छ भने, तमाम रोग पेटबाट सुरु हुन्छ ।

यदि पेट स्वस्थ्य भयो भने समग्र रुपमा हामी स्वस्थ्य र तन्दुरुस्त हुन सक्छौ । अतः पेटलाई स्वस्थ्य राख्नका लागि अतिरिक्त औषधी खाइरहनु पर्दैन, न उपचारकै आवश्यक छ । सहि एवं समुचित खानपान र सहि खाने तालिकाले पेट सफा हुन्छ । त्यसबाहेक केहि प्राकृतिक उपाय छ, जसले पेटलाई स्वस्थ्य राख्न मद्दत गर्छ ।

–     बिहान उठ्नसाथ खाली पेटमा मनतातो पानी पिउनुपर्छ । दुई वा तीन गिलास पानी पिइसकेपछि शौंच क्रिया गर्नुपर्छ ।

–     खानामा हरियो सागपात सामेल गर्नुपर्छ, जसमा उच्च फाइबर छ । यस किसिमको खानाले पाचन यन्त्र बलियो हुन्छ ।

–     एकसाथ धेरै खाना खानु हुँदैन, जो पचाउन गाह्रो हुन्छ ।

–     चिल्लो, तारेको, मसलेदार खानेकुरा पचाउन गाह्रो हुन्छ ।

–     खाना खाइसकेपछि सलादको रुपमा गोलभेडा सेवन गर्नु लाभदायक हुन्छ । अझ त्यसमाथि वीरे नुन छर्कनुपर्छ, राम्रो हुन्छ ।

–     संभव भएसम्म मासुजन्य परिकार त्याग्नुपर्छ वा कम सेवन गर्नुपर्छ ।

–     पुदिना पाचन क्षमता बढाउन उपयोगी हुन्छ । त्यस्तै मेवाले पनि पेट तन्दुरुस्त राख्न मद्दत गर्छ ।

–     अदुवाको टुक्रामा नुन छर्किएर दिनमा केहि पटक सेवन गर्नुपर्छ, पेट सफा हुन्छ ।

 

तपाईको प्रतिक्रिया