आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं  – टेलिसिरियल नागिनमा मुख्य भूमिका निर्वाह गरेकी मौनी रोय छिट्टै नै बलिउड फिल्म मार्फत दर्शकमाझ आउने तयारीमा छिन् ।

सजिलै दर्शकको मनलाई लोभ्याउने पहिरन शैलीले बलिउडका स्थापित अभिनेत्रीलाई टक्कर दिने मौनी रोय अहिले उनको डेब्यू फिल्म ‘गोल्ड’ को पचार प्रसारमा ब्यस्त छिन् ।

बलिउड अभिनेता अक्षय कुमार पनि उनको साथमा छन् ।

पचार प्रसारका क्रममा अक्षय ‘क्लासी लूक’मा देखिएका छन् भने मौनी रोय सधैं जस्तै यस पटक पनि उनको पहिरन शैलीले सबैको ध्यान आफुतर्फ आकर्षित गर्न सफल भएकी छिन् ।

मौनीले पचार प्रसारका क्रममा लिइएका तस्बिरहरु आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

तस्बिरहरु हेर्दा मौनी रोय उनको सुन्दरताको माध्यमबाट सबैको ध्यान आफुतर्फ खिच्न कुनै कसर छोड्दिनन् भने झैं आभास हुन्छ ।

रिमा काग्तीको निर्देशन रहेको फिल्म ‘गोल्ड’ २०१८ अगष्ट १५ प्रदर्शन हुँदैछ ।

टेलिभिजनकी नाम चलेकी अभिनेत्री मौनी रोयले बलिउड फिल्म उद्योगमा कत्तिको सफलता हासिल गर्नेछिन त्यो ‘गोल्ड’को प्रदर्शन पछि नै थाहा हुनेछ ।

तपाईको प्रतिक्रिया