Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  वर्षाको मौसममा आफ्नो सौन्दर्य टिकाइराख्न र मेकअपबारे धेरैलाई द्विविधा हुन्छ । तर, यस्तो मौसममा पनि मेकअपका लागि त्यति धेरै सम्झौता गर्न भने आवश्यक छैन । यस्तो मौसममा त्यहीअनुरूपको मेकअप गर्न सकिन्छ । मौसम परिवर्तनसँगै मेकअपलाई पनि त्यहीअनुरूप ढालेर आफ्नो सौन्दर्य कायम राख्न सकिन्छ । वर्षाका लागि मेकअपका केही टिप्स :

यस्तो मौसममा छाला उक्किनेदेखि छालामा आउने चिल्लोपनाले सबैभन्दा बढी दुःख दिने गर्छ । यस्तो समस्यासँग जुध्नका लागि कस्मेटिक्स विशेषज्ञकहाँ जान जरुरी हुन्छ । र, त्यहाँ पुगेर नियमित रूपबाट अनुहारको एक्सोफोलिएट गर्न सक्नुहुन्छ । र, रिब्लान्चिङ मास्कको प्रयोग गर्नुस् । बिहानको समय वा मेकअपअघि अनिवार्य रूपमा म्याचुरिटी मोस्चराइजरको प्रयोग गर्नुस् ।

यस्तो मौसममा हावामा पनि चिल्लोको मात्रा बढी हुन्छ । त्यसैले मेकअपमा हल्का र प्राकृतिक लुक्स दिन आवश्यक हुन्छ । यस्तो मौसममा मोस्चराइजर र फाउन्डेसनको प्रयोगबाट भने बच्नुपर्छ । यसको विकल्पमा म्याट फिनिसका साथै कम्प्लेक्स नहोस् भन्नका लागि इएसपिएफ क्रिमजस्ता टिन्टेड मोस्चराइजरको प्रयोग गर्न सकिन्छ । यसले छालाको चिल्लोबाट बच्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यस्तै, स्याडो र ब्लस पनि क्रिमवाला नै छनोट गर्दा राम्रो हुन्छ ।

मस्कारा नटिक्ने समस्या छ भने यसको पनि विकल्प खोज्न सकिन्छ । त्यसका लागि वाटरप्रुफ मस्कारा प्रयोग गर्न सक्नुहुन्छ । मेकअपलाई फिनिसिङ दिनका लागि मिस्ट स्प्रेको प्रयोग गर्न सक्नुहुन्छ । जसले तपाईंको स्किनलाई स्वस्थ राख्न मद्दत गर्छ ।

बाहिर निस्किरहने काम छ भने म्याट लिपस्टिक, एसपिएफजस्ता मेकअप किटलाई आफूसँगै राख्न सकिन्छ । र, जरुरी पर्नासाथ टचअप गर्न सकिन्छ ।

यस्तो मौसममा वर्षाकै कारण कपाल झर्नेजस्ता समस्या पनि हुन्छ । जसबाट बच्न ड्राई आयलको प्रयोग गर्न सकिन्छ । जसले कपाललाई पोषण प्रदान गर्छ र कपाल झर्ने र भाँचिनेजस्ता समस्याबाट बच्न सकिन्छ । वर्षायाममा साधारण हेयर स्टाइलको प्रयोग गर्दा  राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया