Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडाैं – मलेरियाको उपचारका लागि प्रयोग हुने अर्थात मलेरिया निको पार्ने औषधिले मान्यता पाएको छ । पछिल्लो ६० वर्षमा पहिलोपटक मलेरियाको उपचारका लागि चक्की आकारको औषधिलाई अमेरिकाले सार्वजनिक प्रयोगका लागि स्वीकृति दिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बारम्बार दोहोरिने अर्थात संक्रमण हुने मलेरियाको उपचारका लागि तयार पारिएको औषधिले मान्यता पाएको हो । यस्तो खालको मलेरियाबाट हरेक वर्ष विश्वभरमा ८५ लाख मानिस संक्रमित हुने गरेका छन् । यस्तो मलेरिया धेरैपटक देखिने र त्यसको उपचार गर्दा पनि कलेजोमा निष्क्रिय अवस्थामा रहने गर्दछ । वैज्ञानिकले यस्तो मलेरिया निको पार्न सक्ने औषधि टाफानोक्वाइन तयार पारेका हुन् र यसले स्वीकृति पाएको छ ।

टाफानोक्वाइन मलेरियाको उपचारमा असाधारण उपलब्धी रहेको वैज्ञानिकले बताएका छन् । अब विश्वभरका स्वास्थ्य अधिकारीले यो औषधि आफ्नो देशका नागरिकका लागि उपयुक्त रहे नरहेको हेर्ने छन्, त्यसपछि मात्रै उनीहरुले सिफारिस गर्ने छन् ।प्लाज्मोडियम विवाक्स परजीविका कारण लाग्ने मलेरिया एकै व्यक्तिमा बारम्बार देखिने गरेको छ । किनकी यो परजीवि कलेजोमा निष्क्रिय अवस्थामा रहन्छ र सक्रिय हुन मिल्ने वातावरण पाए लगत्तै संक्रमण देखिन्छ । यस्तो खालको मलेरिया विशेष गरी अफ्रिकाको सब-साहारा क्षेत्रमा पाइन्छ । एकपटक यो मलेरियाको संक्रमण भएका व्यक्तिलाई लामखुट्टेले एकपटक मात्रै टोक्दा पनि मलेरिया सक्रिय बनाउने दर बढी हुन्छ ।

विशेष गरी बालबालिकामा यस्तो खतरा ज्यादा रहेको पाइन्छ । यसले गर्दा हरेक पटक संक्रमित हुँदा बालबालिका कमजोर हुने र पढाई पनि छुट्ने गरेको छ । यस्तो मलेरियाको संक्रमण भएका व्यक्ति नजानिदो रुपमा रोग फैलाउने माध्यमका रुपमा रहेका हुन्छन् । उनीहरुलाई टोकेको लामखुट्टेले अरुलाई टोकेमा रोग फैलिन्छ । यसले गर्दा मलेरिया नियन्त्रणमा समस्या हुँदै आएको छ । अब त्यसको उपायको रुपमा टाफानोक्वाइन औषधि आउने भएको छ ।  अमेरिकाको खाद्य तथा औषधि व्यवस्थापन विभाग, एफडिएले टाफानोक्वाइनलाई स्वीकृति दिएको छ ।

तपाईको प्रतिक्रिया