Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – दाँतले हाम्रो शारीरिक सौन्दर्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । दाँत भएन भने सबैभन्दा ठूलो असर खानामा पर्छ । स्वस्थ दाँत भयो भने शरीर पनि स्वस्थ हुन्छ । दाँत खानेकुरा चपाउन मात्रै होइन, सुन्दर देखिन पनि आवश्यक छ ।

दाँत भएन भने हाम्रो शारीरिक सौन्दर्य राम्रो देखिँदैन ।

-दाँत बिग्रने प्रमुख कारण यसको स्याहार नगर्नु हो । दैनिक दाँतको राम्रो स्याहार गर्न सकियो भने दाँत बिग्रँदैन ।

-दाँत र मुखको स्याहार नगर्दा दाँत र मुखमा जटिल रोगहरू देखा पर्न सक्छन् ।

-बिहान–बेलुका खाना खाएपछि ब्रस गर्नुपर्छ ।

-राम्रो पेस्टको प्रयोगले दाँत सफा हुन्छ ।

-जंकफुड खाने बानी त्याग्नुपर्छ । जंकफुड खानेहरूमा दाँतको समस्या हुन सक्छ ।

-चकलेट धेरै खाने बालबालिकाहरूको पनि दाँत कमजोर हुन्छ । यस्तो बानीले दाँतमा समस्या भएर दाँत निकाल्नुपर्ने पनि हुन सक्छ ।

-खानेकुरा खाँदा विशेष ध्यान दिनुपर्छ । खानेकुरा बिस्तारै खानुपर्छ ।

-अत्यन्तै तातो र चिसो खानेकुराले पनि दाँत बिगार्छ । साह्रो खानेकुराहरू मासु, हड्डी सकेसम्म खानु हुँदैन । खाए पनि बिस्तारै खानुपर्छ ।

तपाईको प्रतिक्रिया