Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – जलासययुक्त पश्चिम सेती आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई नै दिने फेरि तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले पश्चिम सेती आयोजना शिघ्र कार्यान्वयनका लागि चिनियाँ कम्पनीले उठाएका केही मुद्दा अर्थ र ऊर्जा मन्त्रालयको समन्वयमा दुई महिनाभित्र टुङ्ग्याउने निर्णय गरेको छ ।

७५० मेगावाटको पश्चिम सेती आयोजनाको निर्माण चिनियाँ कम्पनीले गर्ने तयारी केही वर्षदेखि भएपनि पछिल्लो समय उर्जामन्त्री वर्षमान पुनले नेपाल आफैंले बनाउने बताएका थिए । प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि मन्त्री पुनको यो भनाइले केही अन्योल सिर्जना गरेको थियो । पश्चिम सेती जलविद्युत आयोजनाको विकासकर्ता कम्पनी चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेसन (सीटीजीआई) सँग समेत छलफल गरी प्रक्रिया अघि बढाउने निर्णय भएको बोर्डले जनाएको छ ।

१५ जेठमा सरकारले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेटमा पनि पश्चिम सेती जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने कुरा उल्लेख गरिएको थियो।  बजेट बक्तव्यमार्फत् नै स्वदेशी लगानीमा यो आयोजना निर्माण गर्ने बताइएपनि बोर्डको पछिल्लो बैठकले चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया