Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – इङ्लिस क्लब चेल्सीले प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ । क्लवमा अनुबन्ध भएको पहिलो सिजनमा नै टिमलाई उपाधि दिलाएका कोन्टेलाई एक वर्ष बाँकी हुँदा नै बर्खास्त गरेको छ ।

उनको जिम्मेवारी अर्का इटालियन प्रशिक्षक माउरिजियो सररीले सम्हाल्ने अपेक्षा गरिएको छ । इटालियन क्लब नेपोलीका अध्यक्ष औरिलियो डि लौरेन्टाईसले प्रशिक्षक सररीले लण्डन क्लब चेल्सी सम्हाल्ने खुलासा गरेका थिए ।

पहिलो सिजन राम्रो भएपनि उनको दोस्रो सिजन स्टामफोर्ड ब्रिजमा सोचे जस्तो सफल हुन सकेन । उनले मात्र एफए कपको उपाधि जित्न सके । चेल्सीले पाँचौ स्थानमा रहदै पछिल्लो सिजन लिगको अन्त्य गरेको थियो ।

नयाँ प्रशिक्षक नहुदाँ खेलाडी अनुबन्धनमा क्लबलाई ढिलाई भएको छ ।

तपाईको प्रतिक्रिया