Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडाैं – ट्वीटरले सात करोड जाली एकाउण्टहरु बन्द गरेको छ । कम्पनीले मे र जून महिनामा विशेष अभियान चलाएर यस्तो एकाउन्टहरुको पहिचान गरि बन्द गराएको हो ।  यी एकाउण्टहरु ट्रोल गर्न, झुटो हल्ला फैलाउन र हिंसालाई प्रोत्साहन गर्नको लागि प्रयोग भइरहेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार राजनैतिक दबाव बढेपछि ट्वीटरले यो कारबाही अघि बढाएको हो । दोस्रो देशबाट नियन्त्रित गरिएका जाली एकाउण्टको निगरानी राख्न नसकेको कारणले अमेरिकी संसदले ट्वीटरको आलोचना गरेको थियो । सांसदहरुले झुटो खबर फैलाउने यी एकाउण्टको कारण अमेरिकी राजनैतिक प्रभावीत हुन सक्ने डर व्यक्त गरेका थिए । सुत्रहरुको अनुसार ट्वीटर एकाउण्ट बन्द गर्ने दर अक्टोबरको तुलनामा हाल दुई गुणभन्दा बढी भएको छ ।

पछिल्लो केही महिनाको दौरान एक दिनमा १०–१० लाख खाता बन्द गरियो । अघिल्लो महिना ट्वीटरले बदलेको थियो आफ्नो नीति आफ्नो माध्यममा घृणा र हिंसा फैलाउन पोस्टको सामना गर्नको लागि ट्वीटरले पछिल्लो महिना नीतिमा परिवर्तन गरेको थियो । यसको लागि ट्वीटरले आफूले प्रविधिहरुको प्रयोग बढाउने र कयैन कर्मचारीहरु बढाउने घोषणा गरेको छ ।  कम्पनीको उपाध्यक्ष डेल हार्वेले भने “मुख्यत ट्वीटरको माध्यमबाट मानिसहरुले विश्वसनीय, प्रासंगिक र उच्च गुणवत्ता सुचनाहरु पाउन भन्ने सुचिश्चिता गरिनेछ ।”

शंकास्पद खाताहरुमाथिको ट्विटरको यस कारबाहीको असर यसको प्रयोगकर्ताहरुको सङ्ख्यामा पर्न सक्छ । अप्रिल–जून त्रैमासिकको तथ्याङ्क अझै आउन बाँकी छ तर यसमा प्रयोगकर्ताहरुको संङ्ख्या घट्न सक्छ । -एजेन्सी

तपाईको प्रतिक्रिया