शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – काभ्रेली समाज जापानको अध्यक्षमा समीर टी. तामाङ चयन हुनु भएको छ । काभ्रेली समाज जापानको दोश्रो अधिवेशनले काभ्रेको चौरी देउराली -८ बिर्ता देउराली स्थायी घर भएका तामाङलाई अध्यक्षमा चयन गरेको हो । विभिन्न पेशा, व्यवसाय, अध्ययनलगायतको सिलसिलामा जापान बस्दै आएको काभ्रेलीहरुको साझा संस्था काभ्रेली समाज जापानको दोश्रो अधिवेशन आईतबार जापानको टोक्योको शिनओबुकोस्थित सोलमरी हलमा सम्पन्न भएको हो । दोश्रो अधिवेशनले समीर टी तामाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनले समाजको वरिष्ठ उपाध्यक्षमा मन्जु गिरी र प्रकाश लामा, उपाध्यक्षमा लनाम लामा, छोईसाङ लामा र देवराज उप्रेती, महासचिवमा इन्द्र तामाङ, उप-महासचिवमा सम्झना लामा, सचिवमा प्रकाश भेटवाल र रामहरी गौतम, कोषाध्यक्षमा कुन्साङ थिङ, सह-कोषध्यक्षमा देवेन्द्र योन्जनलाई चयन गरेको छ ।

यस्तै अखिल लामा, गोपाल थोकर, सुदीप तामाङ, शर्मिला लामा, निर्मला तामाङ, नीरज तामाङ, निर्मल बल तामाङ, बिजिता कान्छा मोक्तान, रंजित गौतमलाई सदस्यमा चयन गरेको छ । कार्यसमितिको अर्को बैठकले थप सदस्य मनोनित गर्ने गरी २५ सदस्यीय नयाँ कार्य समिति गरिएको हो । समाजका निवर्तमान अध्यक्ष मेख लामाको सभापतित्वमा भएको अधिवेशनमा काभ्रेका सफल व्यवसायी भुवन अधिकारीको प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि अधिकारीले काभ्रेली समाज जापानलाई शुभकामना दिदै समाजलाई जस्तो सुकै सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । साथै संस्थापक अध्यक्ष मेख लामाले छोटो कार्यकालमा काभ्रेली समाजले महत्वपूर्ण कार्यक्रम गरेको र भावी दिनहरूमा पनि साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । समाजका अध्यक्ष समीर टी. लामाले काभ्रेली समाजलाई थप उचाइमा पुर्याउन आफूले सक्दो पहल गर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया