शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – स्वेता खड्काद्वारा निर्मित चलचित्र कान्छीको टोकियो ‘शो’का लागि निर्देशक आकाश अधिकारी जापान आइपुग्नु भएको छ । जुलाई १ तारिक आइतबारका दिन टोकियोस्थित नाकानो जेरो सिटी हलमा हुने ‘शो’का लागि चलचित्र कान्छी निर्देशक तथा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी बुधबार जापान आइपुग्नु भएको हो । चलचित्रको प्रदर्शन टोकियोस्थित नाकानो जेरो सिटी हलमा जुलाई १ तारिक आइतबारका दिन साँझ ६ बजेबाट सुरु हुनेछ । निर्देशक अधिकारीलाई हानेदा विमानस्थलमा कान्छी प्रदर्शन समूहका कार्यक्रम संयोजक दिपेन्द्र पौडेल लगायत आयोजक टिमले स्वागत गरेको थियो । कार्यक्रम संयोजक पौडेले ‘कान्छी’को टोकियो ‘शो’को तयारी तथा व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले जापानवासी सम्पूर्ण नेपालीहरुलाई ‘कान्छी’ हेर्न जुलाई १ तारिक नाकानो जेरो सिटी हलमा आउन समेत आग्रह गर्नुभयो । चलचित्रमा अभिनेत्री श्वेता खड्का (कान्छी) र अभिनेता दयाहाङ राई (हिरा)को प्रमुख भूमिका छ । ग्रामीण भेगकी कान्छीको कथा पुरुषोत्तम प्रधानको छायांकनमा निर्माण भएको हो । 

तपाईको प्रतिक्रिया