Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – मानिसहरु वर्षौंदेखि एलियनको खोजी गरिरहेका छन् । वैज्ञानिकहरुले धर्तीबाट रेडियो तरंग पठाएर एलियनसँग सम्पर्क गर्ने कोसिस गरिरहेका छन् । तर अहिलेसम्म एलियनले मानिसलाई कुनै पनि सन्देशको जवाफ फर्काएको छैन । एलियनले मानिसको सन्देशको जवाफ किन दिँदैन ? उनीहरु कहाँ छन् ? अस्तित्वमा छन् वा छैनन् ?

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनीहरु कहाँ छन् ?

यो प्रश्न चर्चित भौतिक विज्ञानी एनरिको फर्मीले सन् १९५० मा आफ्ना एक सहकर्मीलाई सोधेका थिए । फर्मीको मान्यता अनुसार यो ब्रह्माण्डमा मानिसजस्ता अन्य थुप्रै बुद्धिमान सभ्यता विभिन्न ग्रहमा फैलिएका छन् ।

तर यो प्रश्न उठ्छ कि यदि छन् भने उनीहरुसँग सम्पर्क किन हुन पाउँदैन ? उनीहरु आखिर कहाँ छन् ? यो प्रश्न निकै चर्चित छ र यो प्रश्नका कारण पैदा भएको विरोधाभासलाई ‘फर्मी प्यारोडक्स’ भनिने गरिन्छ ।

एसइटीआई (सेटी) अर्थात् ‘सर्च फर एक्स्ट्रा टेरिस्ट्रियल इन्टेलिजेन्स’ संस्थाले वर्षौंदेखि यो प्रश्नको जवाफको खोजी गरिरहेको छ । हाम्रो आकाशगंगामा करिब सय अर्ब तारा छन् । विरोधाभासी फर्मी प्याराडक्सको अक्सफोर्ड विश्वविद्यालयका तीन एकेडेमीले हालै पुनः मूल्यांकन गरेको छ ।

उनीहरुले यससँग जोडिएको एक शोध तयार गरेका छन् जसलाई नाम दिइएको छ ‘डिजोल्भिङ द फर्मी प्याराडक्स ।’   शोधका अनुसार ब्रह्माण्डमा मानिस मात्रै एक्लो जीवित बुद्धिमान प्राणी हुनसक्छन् । यसको अर्थ यो भयो कि एलियन्सको अस्तित्व लगभग असम्भव छ ।

कसरी निकालियो यो निष्कर्ष ?

यो शोधमा संलग्न तीन विशेषज्ञमध्ये एक एनडर्स स्यान्डबर्ग हुन् । उनी अक्सफोर्ड विश्वविद्यालयको फ्युचर अफ ह्यूम्यानिटी इन्स्टिच्युटका अनुसन्धानकर्ता हुन् । दोस्रो वैज्ञानिक हुन् एरिक ड्रेक्सलर । उनको न्यानोटेक्नोलोजीको कन्सेप्ट निकै लोकप्रिय छ । साथै, यसै एकेडेमी सेन्टरमा दर्शनशास्त्रका प्राध्यापक टोड आर्ड यस अनुसन्धानसँग जोडिएका थिए ।

यो नयाँ अध्ययनमा फर्मी प्याराडोक्सको एक गणितीय आधारको विश्लेषण गरिएको छ जसलाई ड्रेक समिकरण भनिन्छ । ड्रेक समिकरणमार्फत ती सम्भावित स्थानको सूची बनाइन्थ्यो जहाँ जीवनको सम्भावना हुनसक्छ ।अध्ययनमा जीवनसँग जोडिएका विभिन्न पाटोको अनुसन्धान गरेपछि पत्ता लाग्यो कि ब्रह्माण्डमा मानिस एक्लो जीवित बुद्धिमान प्राणी भएको सम्भावना ३९ देखि ८५ प्रतिशत छ ।

शोधमा लेखिएको छ, ‘हामीले यो पायौं कि ब्रह्माण्डमा अन्य कुनै बुद्धिमान सभ्यताको सम्भावना छैन । त्यसकारण हामीले उनीहरुका केही संकेत पाएनौं भनेर हामी चकित हुनुपर्दैन । यति धेरै अनिश्चितताको आधारमा हामीले यो निष्कर्ष निकालेका छौं कि संसारमा हामीमात्र एक्लो बुद्धिमान प्राणी हौं ।’

यद्यपी, अध्ययनका यी लेखकको यो पनि मान्यता छ कि वैज्ञानिकले एलियन्स वा ब्रह्माण्ड बाहिर जीवनको खोजी जारी राख्नुपर्छ । शोधमा संलग्न स्यान्डबर्ग भन्छन्, ‘एलियन्सको अस्तित्वको सम्भावना न्यून भएता पनि यदि भविष्यमा कुनै ठाउँमा बुद्धिमान एलियन सभ्यता छ भन्ने पत्ता लाग्यो भने हामी अचम्ममा पर्नु पर्दैन ।’

तपाईको प्रतिक्रिया