शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – पर्वत समाज जापानको आयोजनामा हुन गइरहेको ‘समर बार्बेक्यू’को सम्पूर्ण तयारी पूरा भएको छ । जुलाई ८ तारिक आइतबारका दिन टोकियोस्थित हिकारीगाओका पार्कमा आयोजना हुने बार्बेक्यूको तयारी पूरा भएको हो ।

आइतबार बसेको पर्वत समाजको नियमित बैठकले बार्बेक्यूको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । कार्यक्रममा जापानवासी नेपालीहरूको उलेख्य सहभागिताको अपेक्षा गरेको समेत समाजले बताएको छ । स्थापना कालदेखि नै हरेक वर्ष बार्बेक्यू गर्दै आएको समाजले यसवर्ष भिन्न तरीकाले बार्बेक्यू आयोजना गर्न लागेको जनाएको छ ।

विगत जस्तै यस वर्ष पनि बार्बेक्यूमा ‘सग्लो खशी’ मुख्य आकर्षणको रुपमा रहेको समाजको भनाई छ । समाजले अौपचारिक रुपमा कुनै पनि संघसंस्थालाई निमन्त्रण नगरिएको यसै समाचारलाई निमन्त्रणा सम्झी कार्यक्रममा उपस्थितीका लागि संघ संस्थामा प्रतिनिधि र जापानवासी नेपालीलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया