आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – ट्यांकरमा हुने चुहावट रोक्न आयल निगमले लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारको छन् । लकिङ प्रणालीको विरोधमा उनीहरुले सोमबार ईन्धन लोडसमेत गरेनन् ।

ढुवानी व्यवसायी महासंघका अनुसार आईतबार रक्सौलमा लोड भएका चार ट्यांकर सोमबार पोखरा भित्रिए पनि अन्य चालकहरु लोड लिएका छैनन् ।  यसअघि ढुवानीमा केही समस्या थिएनन ।

लकिङ प्रणाली जडान भएपछि चालकले विभिन्न बहानामा अवरोध गर्दै आएका छन्, निमगका प्रवक्ता वीरेन्द्र गोईतले भने ढुवानी बन्द गर्नुको उदेश्य तेल चोर्न पाउनुपर्छ भन्ने नै देखिन्छ ।

तपाईको प्रतिक्रिया