बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनाले आयोजना गरेको साहित्यिक शृंखला सम्पन्न भएको छ । जापानमा रहेका नेपाली भाषा, कला, साहित्यप्रेमी तथा सर्जकको उपस्थितीमा अनेसास जापानले अर्को एउटा साहित्यिक शृंखला भव्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रम ‘काब्य डबली’ सस्थाको ४५ औं नियमित साहित्यिक शृंखला हो । विगतका भन्दा पृथक रुपमा आयोजना गरियको कार्यक्रम ‘काब्य डबली यस पटक काव्यमय नै बन्यो । जापानमा पहिलो पटक औपचारिकता बिनै अनेसास जापानने यो ठूलो कार्यक्रम सम्पन्न भएको हो । नेपाली मुराहल सिनोकुबो टोक्योको सभाहलमा सम्पन्न कार्यक्रममा टोक्यो, योकोहामा चिबा, साइतामा लगाएत टोक्यो आसपासका सर्जक र साहित्य अनुरागीको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष दीप पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय उपाध्यक्ष्य प्रकाश पौडेल ‘माइला’ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष आलोक चालिसेको, सल्लाहकार सुस्मा ओमाता, पूर्व उपाध्यक्ष पुस्कर जंग थापा अतिथि हुनुहन्थ्यो । कार्यक्रममा बिभिन्न श्रष्टाहरूले समसामाहिक विषय, माया-प्रेम, हाँसो-रोदन, घरदेश र परदेश लगाएतका विषयमा गीत, गजल, हाइकु, मुक्तक,कविता प्रस्तुत गरेका थिए । रवीन शर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा कार्यसमिति सदस्य अर्जुन दृष्टि पौडेललाई घरदेशको यात्राको शुभकामनासहित बिदाई गरिएको थियो ।

तपाईको प्रतिक्रिया