आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत उपाधि दाबेदार ब्राजिलले स्विटजरल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ  । समुहको दोस्रो खेलमा ब्राजिलले फिफा वरियताको माथिल्लो स्थानमा रहेको स्विस टोलीसंग १–१ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफको २० औं मिनेटमा काउटिन्होले गोलमार्फत ब्राजिलले अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । ५० औ मिनेटमा स्विटजरल्याण्डका स्टेभेन जुबेरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

समुहको पहिलो खेलमा कोष्टारिकालाई पराजित गर्दै सर्बियाले महत्वपुर्ण तीन अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया