Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं  – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि आज राती १२ बजेदेखि निगमले इन्धनको मूल्य घटाएको हो ।

भारतीय आयल निगम आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूलय घटेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताउनुभयो । आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ३ र डिजेल र मट्टितेलमा २/२ रुपैयाँ घटाइएको उहाँले बताउनुभयो ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९२/९२ रुपैयाँ पुगेको छ । भारतीय आयल निगम आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार  पेट्रोलमा ३ र डिजेलर मटितेलमा २र२ रुपैयाँ घटाएका छौँ,’ निगमका प्रवक्ता विरेन्द्र गोइतले भन्नुभयो, ‘नयाँ मूल्यसूची शनिबार राति १२ बजेदेखि लागू हुनेछ।’

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ । हाल हवाई इन्धन(आन्तरिक)को मूल्य प्रतिलिटर १ सय रुपैयाँ, अन्तरर्राष्ट्रिय तर्फ प्रतिलिटर १ दशमलव ७५ अमेरिकी डलर छ ।

एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ तोकेको छ । मूल्य समायोजन गर्दा निगमको १५ दिनको घाटा ७ करोड ८६ लाख रुपैयाँ हुने प्रवत्ता गोइतले जानकारी दिनुभयो ।

यसअघि निगमको घाटा १८ करोड ६२ लाख रहेको जनाएको थियो । स्वचालित मूल्य २०७१ असोजबाट लागू भएको हो । आयल निगम अत्याधिक घाटामा गएपछि सरकारले स्वाचालित मूल्य लागू गरेको थियो ।

स्वाचालित मूल्य अनुसार भारतीय आयल निगम (आइओसी) ले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । सोही अनुसार मूल्य समायोजन गर्दे आएको निगमको दाबी छ ।

तपाईको प्रतिक्रिया