आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं  – सर्बियाले रुस विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा कोष्टारिकालाई १ – ० गोल अन्तरले हराउदै सर्बियाले विजयी सुरुवात गरेको हो ।

सर्बियालाई जित दिलाउन कप्तान एलेक्जेन्डर कोरालोभले निर्णायक गोल गरे ।  समारा रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा कोरालोभले गोल गरे थिए । डिबक्स बाहिर प्राप्त फ्रिकिङमा उनले उत्कृष्ट गोल गरेका हुन् ।

जितसँगै सर्बियाले महत्वपूर्ण ३ अंक जोडेको छ । र, सर्बिया ब्राजिल, स्विजरल्याण्ड र कोष्टारिका रहेको समूह ‘इ’ को शीर्ष स्थानमा रहेका छन् ।

यो समूह अन्तर्गत आज राति ब्राजिल र स्विजरल्याण्डबीच खेल हुनेछ ।

तपाईको प्रतिक्रिया