आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – रुसमा जारी फिफा विश्वकप फुटबलमा आज (आइतबार) तीन खेल हुँदैछ । विश्वकपमा आज समूह ‘ई’ को दुई र समूह ‘एफ’ को एक खेल हुँदैछ ।

विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘ई’ बाट कोष्टारिका र सर्बियाले प्रतिस्पर्धा गर्दै छन् । कोष्टारिका र सर्बियाको खेल नेपाली समय अनुसार समरा रंगशालामा साँझ ५:४५ मा सुरु हुनेछ ।

समूह ‘ई’ कै अर्को खेलमा ब्राजिल र स्विजरल्याण्ड प्रतिस्पर्धा गर्दै छन्  । रोस्तोभ एरिनामा हुने ब्राजिल र स्विजरल्याण्डबीचको खेल राति ११:४५ मा सुरु हुनेछ ।

विश्वकप मै आज हुने दोस्रो खेलमा भने साबिकको बिजेता जर्मनी र मेक्सिको भिड्दै छन् । समूह ‘एफ’ का यी दुई टोलीको खेल नेपाली समय अनुसार राति ८ : ४५ मा सुरु हुनेछ । यो खेल लुजिनिकी रंगशालामा हुनेछ ।

नेपाली समय अनुसार खेल तालिका –

तपाईको प्रतिक्रिया