आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –  रुसमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्कले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा पेरुलाई १ – ० गोलले हराउदै समूह ‘सी’ मा रहेको डेनमार्कले विजयी सुरुवात गरेको हो ।

मोर्डोभिया एरिनामा डेनमार्कलाई जित दिलाउन युसुफ पुल्सेनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा युसुफले निर्णायक गोल गरेका थिए ।

यसअघि पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा पेरु पराजित भएको हो । खेलको ४५ औं मिनेटमा पाएको पेनाल्टीमा पेरुका क्रिस्टियन क्युएभाले गोल गर्न सकेनन् । भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा पाएको पेनाल्टीलाई क्युएभाले सदुपयोग गर्न नसकेका हुन् । उनको प्रहार पोस्टभन्दा माथिबाट गएको थियो ।

यो समूहमा फ्रान्सले पनि विजयी सुरुवात गरिसकेको छ । फ्रान्सले अष्ट्रेलियालाई २ – ० गोल अन्तरले हराएको हो ।

तपाईको प्रतिक्रिया