बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो – काठमाडौंको गोकर्ण निवासी ब्रेनट्युमरपीडित विभूती थापाको उपचारका लागि जापानमा सहयोग रकम उठ्न सुरु भएको छ ।

विनिता थापा र उनको परिवारले ब्रेनट्युमरपीडित छोरीको उपचारका लागि आर्थिक सहयोग गरिदिन गरेको आग्रह देखेर स्थाई घर जैमुनी नगरपालीका, बाग्लुङ र हाल जापानमा कार्यरत नेत्रराज गिरीले बालिकाको उपचारका लागि टोकियो स्थित रोजगाररत संग उहाँले आर्थीक संकलन गर्नुभएको छ ।

गिरीले ब्रेनट्युमरपीडित बालिकाको लागि गरेको सानो मिहिनेतले आठ वर्षीया बालिकाको उपचारमा ठूलो टेवा पुग्ने छ । यसैगरी, पीडित थापाको उपचारका लागि सहयोग गरिदिन सबैमा आग्रह पनि गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण आठ वर्षीया छोरी विभूतिको दोस्रोपटक टाउकोमा लगाएको पाइप फेर्नुपर्ने भएकाले सहयोगको अपिल गरिएको बिरामीकी आमा विनिता थापाले बताउनुभएको छ ।

पाइप फेर्न मात्र ४ देखि ५ लाख लाग्ने चिकित्सकहरुले जानकारी गराएका छन् । अहिलेसम्म जेनतेन गरी नियमित उपचार गर्दै आएको थापा परिवारलाई फेरि आर्थिक संकट आइलागेको छ ।

शल्यक्रियापछि पूर्ण निको भएको ट्युमर फेरि बढेर पहिलेकै अवस्थामा पुगेपछि थापा परिवार सहयोगको खोजीमा छ । विभूति थापा परिवारकी एक मात्र सन्तान हुन् । हाल उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

’चिकित्सकले पाइप फेर्नुपर्ने बताएका छन् । त्यसका लागि ठूलै रकम लाग्ने अवस्था छ,’ थापाले भन्नुभयो ’आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गरेकी छु, सानै भए पनि सहयोग गरिदिएर मेरो छोरीलाई बचाइदिनुहोला।’

तपाईको प्रतिक्रिया