Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  ग्रिन टी स्वास्थ्यका लागि निकै लाभप्रद मानिन्छ । तर, कतिपयलाई ग्रिन टी तयार पार्ने विधि थाहा नहुन पनि सक्छ । खासगरी ग्रिन टी घरमै बनाएर खाँदा राम्रो हुन्छ । र, यसको अनुपात पनि मिलाएर खाँदा बढी स्वस्थकर हुन्छ । ग्रिन टी निर्माणको विधि, खाने मात्रा र सचेतताबारे शीतल घिमिरेले बताएका छन् :

विधि
माटो वा स्टिलको भाँडामा ५ सय मिलिलिटर पानी राख्ने र त्यसलाई छोपेर उमाल्ने ।

आगोबाट उम्लेको पानी झिकेपछि २ मिनेटसम्म बिर्को खोलेर छोड्ने । ताकि बाफ राम्रोसँग बाहिर निस्कियोस् ।

त्यसपछि एक चम्चा ग्रिन टी तातो पानीमा राख्ने र ५ मिनेटसम्म भिज्न दिने । र, त्यसलाई माटोबाट बनेको कपमा छानेर ५ मिनेटभित्र पिउनुपर्छ ।

यसरी छानेर रहेको ग्रिन टीको पातलाई चपाएर सेवन गर्न पनि सकिन्छ । यसरी खाँदा मधुमेह, उच्च रक्तचाप, कुष्ठरोग, छालासम्बन्धी रोग, ग्यास्ट्राइटिस, कब्जियत आदिका बिरामीलाई लाभदायक हुन्छ ।

प्रयोग विधि
यस्तो ग्रिन टी दिनमा दुईपटक प्रयोग गर्दा राम्रो हुन्छ । यसरी प्रयोग गर्दा बिहान र बेलुकी एक–एक कप प्रयोग गर्दा हुन्छ । यसो गर्दा स्वास्थ्यका लागि निकै फाइदा पुग्छ ।

स्वास्थ्यअनुसार दिनमा ३ कप, मध्यम स्तरका मानिसले ४ र दीर्घरोगीहरूले ५–६ कपसम्म दैनिक ग्रिन टीको सेवन गर्दा राम्रो हुन्छ ।

मिश्रण
ग्रिन टीमा सिस्नु, टिमुर र प्राकृतिक शुद्ध नुन प्रयोग गरेर पनि सेवन गर्न सकिन्छ ।

सावधानी
लगातार ग्रिन टीको सेवनले घाँटीमा इन्फेक्सन वा रक्तचाप कम हुन सक्छ । यस विषयमा पनि सचेत हुन आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया