Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – नेपाल राष्ट्र बैंकले नि:शुल्क भिसा र टिकटको प्रावधानले कामदारको विदेश जाने लागतमा केही कमी ल्याएपनि अपेक्षाकृत लागत नघटेको भन्दै विद्यमान व्यवस्थामा पुनरावलोकन गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ ।

नि:शुल्क भिसा तथा टिकट प्रावधानको वैदेशिक रोजगारीमा प्रभाव सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय बैंकले कामदार विदेश जाने प्रकृयालाई सूचनामूलक बनाउँदै संस्थागत सुशासनमा सुधार आवश्यक रहेको जनाएको छ । कामदार रहेका देशमा कूटनीतिक सम्झौता गर्न समेत आवश्यक रहेको बैंकले उल्लेख गरेको छ । वैदेशिक रोजगार व्यवसायी संस्थाको संस्थागत विकास तथा सुशासनमा जोड दिनुपर्ने प्रतिवेदनमा औंल्याइएको छ । वैदेशिक रोजगारीमा जान चाहनेलाई पनि संस्थागत माध्यम प्रयोग गर्न प्रत्साहित गर्नुपर्नेमा जोड दिइएको छ ।

सरकारले वैदेशिक रोजगार कम्पनीहरुको क्षमता तथा कामकारबाहीका आधारमा वर्गीकरण गर्न आवश्यक रहेको प्रतिवेदनमा जनाइएको छ । वर्गीकरणका आधारमा उत्कृष्ट संस्थाहरुलाई प्रोत्साहन गर्ने तथा कमजोरलाई सुधार तथा खारेजी गर्ने सम्मको व्यवस्था भए वैदेशिक रोजगार मर्यादित र व्यवस्थित हुनसक्ने केन्द्रीय बैंकको सुझाव छ ।

तपाईको प्रतिक्रिया