Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

चितवन – जिल्लामा कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रणमा आएसँगै कुखुराजन्य पदार्थको मूल्यमा भएको गिरावट सुधार हुन थालेको छ । कुखुराजन्य क्षेत्रमा देशभरमा गरिएको लगानीको झण्डै आधा लगानी भएको यहाँको तीन ठाउँका फर्मका कुखुरा र हाँसमा बर्डफ्लु प्रमाणित भएको थियो ।

पछिल्लोपटक जेठ ११ गते नारायणगढको तरकारी बजारमा बर्डफ्लु भएका कुखुरा र हाँस नष्ट गरिएको थियो । देवनगरको एक रेष्टुरेन्टमा पालिएका हाँस र कुखुरामा बर्डफ्लु प्रमाणित भएको र त्यसअघि पूर्वी चितवनको खैरहनीमा पनि बर्डफ्लु प्रमाणित भएको थियो । जिल्ला पशुसेवा कार्यालयका प्रमुख चेतनारायण खरेलले हाल जिल्लामा बर्डफ्लु नियन्त्रणमा रहेको बताउनुभयो । बयालीस दिनसम्म पुनः नदेखिएमा बर्डफ्लु मुक्त जिल्लाका रुपमा घोषणा गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

दैनिक कुखुराजन्य पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण हुने ठाउँको नमूना लिएर परीक्षणका साथै कडाइका साथ जैविक सुरक्षा अपनाउन आह्वान गरिएको उहाँले जानकारी दिनुभयो । बर्डफ्लु संक्रमणपछि प्रभावित बनेको बजार क्रमशः सुधारतर्फ लागेको व्यवसायीले बताएका छन् । ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले जिल्लामा बर्डफ्लुको संक्रमण हुनुअघि ७० मा बिक्री भएको ब्रोइलर कुखुराको चल्ला संक्रमणसँगै प्रतिवटा रु २० मा झरेको गुनासो गर्नुभयो । केही दिन अघिसम्म माग निकै कमी भएकामा अहिले माग बढ्न थालेको र चल्लाको मूल्य पनि प्रतिवटा ३० पुगेको उहाँले जानकारी दिनुभयो । चल्लाको लागत मूल्य ५० देखि ५५ पर्छ ।

देशभरमा २०९ वटा ह्याचरी उद्योग भएकामा चिनवनमा मात्र १०० वटा छन् । ब्रोइलर कुखुराको चल्ला सातामा २५ लाख वटासम्म उत्पादन हुने गर्छ । लेयर्स चल्लाको उत्पादन भने सातामा एक लाख हाराहारीमात्र भएकाले बर्डफ्लुअघि र पछि प्रतिचल्ला १६० देखि १७० प्रतिवटामा बिक्री हुँदै आएको अध्यक्ष पोख्रेलले बताउनुभयो । ह्याचरी उद्योग संघ पूर्व जिल्ला अध्यक्ष ऋषि पौडेलले जिल्लामा उत्पादन भएका चल्ला देशैभरि जान्छ भन्नुभयोे । उहाँका अनुसार बर्डफ्लुअघि जिउँदो कुखुरा प्रतिकिलो १८०मा बिक्री हुने गरेकामा संक्रमणपछि घटेको र हाल क्रमशः बढ्दै १५० प्रतिकिलो पुगेको छ ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले बर्डफ्लु नियन्त्रणमा आएसँगै अण्डाको माग र मूल्य पनि बढ्न थालेको बताउनुभयो । बर्डफ्लुअघि ३३५ क्रेटमा फार्मबाट अण्डा बिकेकामा झरेर अहिले २८० पुगेको छ । यो मूल्य बढ्दो रहेको उहाँले बताउनुभयो । संक्रमणका कारण मागमा नै कमी आएकामा अहिले माग बढेर मूल्य वृद्धि हुँदै जाने अवस्था देखिएको अध्यक्ष कँडेलले बताउनुभयो । देशभरमा दैनिक ३० लाखवटा अण्डा उत्पादन हुनेमा चितवनमा मात्रै १३ लाखवटा अण्डा उत्पादन हुने गर्छ ।

यसवर्ष अन्य रोगका कारण पनि कुखुरा मरेका कारण प्रभावित बनेका कृषक बर्डफ्लुको संक्रमण समयमा नै नियन्त्रण भएर बजार पूर्ववत् अवस्थामा फर्कन थालेकामा आशावादी भएका छन् ।  देशमा आत्मनिर्भर बनेको पोल्ट्री क्षेत्रमा रु ७० अर्बभन्दा बढीको लगानी छ । समय समयमा देखापर्ने रोग र लुकाइछिपाइ भारतबाट भित्रने कुखुराजन्य पदार्थ कृषकका लागि चुनौती बन्दै आएको छ ।

तपाईको प्रतिक्रिया