Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं  – काठमाडौंको नागढुङ्गादेखि काभ्रेको धुलीखेलसम्म निर्माण गर्ने भनिएको मेट्रो रेलको सम्भाव्यता अध्ययनका लागि अन्तराष्ट्रिय कम्पनीले चासो देखाएका छन् । सो महत्वकांक्षी आयोजनाको सम्भाव्यता अध्ययनका लागि बोर्डले गत ५ गते अन्तराष्ट्रिय प्रस्ताव आव्हान गरेको थियो ।

३ साताको बीचमा अन्तराष्ट्रिय ख्याती प्राप्त २३ वटा कम्पनीले आवेदन दिएको लगानीबोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिनुभयो ।   काठमाडौं उपत्यकाको यातायात सहजिकरणका लागि लगानी बोर्डले थानकोट धुलिखेल मेट्रो रेलको अवधारणा ल्याएको हो । नागढुङ्गादेखि धुलिखेलसम्म ४५ किलो मिटर लम्वाई रहने सो महत्वकांक्षी आयोजनामा करिव २ खर्व लगानी अनुमान गरिएको छ । प्रतिकिलोमिट ४ देखि ६ अर्व रुपैयाँसम्म लागत अनुमान गरिएको प्रवक्ता वाग्लेको भनाई छ ।

विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा सो रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइनेछ । लगानी बोर्डले सार्वजनिक निजी साझेदारीको अवधारणामा आयोजना अघी वढाउन लागेको हो ।

तपाईको प्रतिक्रिया