Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – क्यान्सरलाई खतरनाक रोगका रूपमा लिइन्छ । क्यान्सर धेरै प्रकारका हुन्छन् । एउटा अंगमा लागेको क्यान्सर शरीरभरि फैलिन सक्छ । त्यसैमध्येको एक हो, मुखको क्यान्सर । यस्तो क्यान्सर पछिल्लो समय धेरैलाई लाग्ने गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मुखको क्यान्सर विशेषगरी सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने गर्छ । अनुसन्धानले भनेको छ कि मुखको क्यान्सरमध्ये ९० प्रतिशत रोगी सुर्तीजन्य पदार्थको सेवन गर्छन् । यी हुन् मुखमा हुने क्यान्सरका कारण :

नियमित मद्यपान गर्दा पनि मुखको क्यान्सर लाग्ने गर्छ । मद्यपानसँगै धूम्रपान गरेकै कारण पनि कैयौँलाई मुखको क्यान्सर लागेका उदाहरण छन् । सुर्ती र रक्सी पनि सँगै सेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना १५ गुणाले बढ्ने गर्छ ।

अत्यधिक मदिरा सेवन, जंकफुड, रफुड, केमिकल हालेका तरकारीलगायतका प्रयोगले पनि मुख क्यान्सरको सम्भावनालाई बढाउने गर्छ ।

नुनको बढी प्रयोगले पनि क्यान्सरको सम्भावना बढाउँछ । त्यसैले नुनको प्रयोग कम गर्न आवश्यक हुन्छ ।

मुखमा देखिने विभिन्न दाग क्यान्सरको लक्षण पनि हुन सक्छ । मुखमा आएका घाउ अत्यधिक दुखेको अवस्थामा पनि क्यान्सर लाग्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।

मुखमा आउने परिवर्तन, घाउ, खटिरा, दागलाई सजिलै देख्न या अनुभूति गर्न सकिन्छ । यस्ता घाउ, खटिरा आएको अवस्थामा विशेष ध्यान पु-याउनुपर्छ । किनकि, यो क्यान्सरको लक्षण पनि हुन सक्छ ।

मुखमा हुने क्यान्सरको रोकथाम भनेकै सुर्तीजन्य पदार्थ, मद्यपान, सुपारीजन्य पदार्थको प्रयोग नगर्ने हो । यसका साथै सधैँ राम्रोसँग मुखको सफाइ गर्न जरुरी हुन्छ । त्यस्तै, सन्तुलित आहारको प्रयोगले
पनि मुखमा हुने क्यान्सरको सम्भावनालाई घटाउँछ ।

तपाईको प्रतिक्रिया