Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – नेपालका अधिकांश मानिसमा ग्यास्ट्राइटिसको समस्या देखिन्छ । यसको सबैभन्दा उत्तम उपचार भनेकै स्वस्थ जीवनशैली हो । यसका लागि स्वस्थ आहार र उपयुक्त पोषण तत्वयुक्त खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । सुरुवाती समयमै उपचार गरेमा चाँडै निको पनि हुन्छ । तर, पछिसम्म हेलचेक्र्याइँ गरेमा गम्भीर समस्या पनि निम्त्याउने गर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसरी ग्यास्ट्राइटिस

पेटको आन्द्राको लेयरमा इन्फेक्सन हुनुलाई ग्यास्ट्राइटिस भनिन्छ । पेटमा हेलिकोब्याक्टर पाइलोरी कीटाणुले संक्रमण गरेपछि यस्तो ग्यास्ट्राइटिसको समस्या निम्तिने गर्छ ।

ग्यास्ट्राइटिस भएमा पेटको माथिल्लो भाग दुख्ने, पेट पोल्ने, ढुस्स हुने, खानामा रुचि नहुने, पिसाब कालो बग्नेजस्ता लक्षण देखिन्छ । मानसिक तनाव, स्ट्रेसलगायतका कारण पनि ग्यास्ट्राइटिसको समस्या हुन्छ ।

अल्सर

ग्यास्ट्राइटिसको समस्यालाई हेलचेक्र्याइँ गर्दा खतरनाक समस्या पनि निम्तिन सक्छ । त्यसमध्येको एउटा समस्या हो, अल्सर । अल्सर भनेको आमाशयमा हुने एक प्रकारको घाउ हो । सही उपचार नगर्दा ग्यास्ट्राइटिस भएको एक महिनामै अल्सर हुन सक्छ ।

आन्द्रामा प्वाल

ग्यास्ट्राइटिसको समस्यालाई राम्रोसँग समाधान गर्न नसकेमा आन्द्रामा प्वाल पर्ने सम्भावना पनि उत्तिकै हुन्छ । ग्यास्ट्राइटिस भएको थाहा पाउनेबित्तिकै खानपान र उपचारमा ध्यान दिन जरुरी हुन्छ । ग्यास्ट्राइटिस हुँदा पनि राम्रोसँग हेरचाह गर्न नसकेमा पियोजन हुन थाल्छ । यस्तो अवस्थामा आन्द्रा चिथोरिएजस्तो हुन्छ । बिस्तारै आन्द्रामा प्वाल नै पर्छ । यस्तो समस्या अल्सरको विकसित रूप हो ।

क्यान्सर

ग्यास्ट्राइटिसको भयावह रूप हो, क्यान्सर । ग्यास्ट्राइटिसको समस्याले आन्द्रा वा आमाशयको मात्र क्यान्सर हुँदैन, यसले त घाँटीदेखि मलद्वारसम्मको क्यान्सर हुन सक्छ । अल्सर हुँदासमेत आफ्नो स्वास्थ्यमा हेलचेक्र्याइँ गर्दा यस्तो समस्या निम्तिने गर्छ ।

अन्य समस्याले ग्यास्ट्राइटिस लक्षण

कहिलेकाहीँ अन्य रोगले पनि ग्यास्ट्राइटिसको लक्षण देखाउँछ । जस्तो कि मुटुसम्बन्धी रोगले पनि ग्यास्ट्राइटिसको लक्षण देखाउने गर्छ । हृदयाघातले जसरी छाती दुखाउँछ, ग्यास्ट्राइटिसले पनि त्यसरी नै दुखाउने गर्छ ।

प्यान्क्रियाटाइटिसले पनि ग्यास्ट्राइटिसको लक्षण देखाउने गर्छ । शरीरको प्यान्क्रियाज ग्रन्थिमा संक्रमण हुँदा यस्तो समस्या हुन्छ । पित्तथैलीको समस्याले पनि ग्यास्ट्राइटिसको लक्षण देखाउन सक्छ । यस विषयमा सजग नहुँदा ज्यान नै जान सक्छ । त्यसैले ग्यास्ट्राइटिसको लक्षणलाई राम्रोसँग पहिचान गर्न आवश्यक हुन्छ ।

यसकारण ग्यास्ट्राइटिस

ग्यास्ट्राइटिसको समस्या भएकाले हरियो सागसब्जी, तरकारी, फलफूल, उच्च गुणस्तरको प्रोटिन, स्वस्थकर फ्याटलगायतका डाइट प्रयोग गर्नुपर्छ । ग्यास्ट्राइटिसको समस्या भएकाले एसिडिक, मसलेदार, अत्यधिक तातो खानेकुरा, रक्सी, चिया, कफी, प्याकेटमा पाइने खाद्यपदार्थको सेवन गर्नुहुँदैन । फास्टफुडको प्रयोगले पनि ग्यास्ट्राइटिस हुन्छ ।

मांसाहारी खाना पचाउन शरीरलाई लामो समय लाग्छ । अझ रातको समयमा त ननभेज खानाबाट जतिसक्दो बच्नुपर्छ ।

कमजोर पाचन शक्ति भएका मानिसले मैदाबाट बनेको खाद्यपदार्थ खानु निकै घातक हुन्छ । ब्रेड, पिज्जाजस्ता खाद्यपदार्थले पाचन प्रक्रियामा असर पार्छ, जुन ग्यास्ट्राइटिसको कारण बन्छ ।

कुनै पनि एन्टिबायोटिकको साइड इफेक्टका कारण पेटमा स्वस्थ ब्याक्टेरियाको कमी हुन जान्छ । जसले पाचन प्रक्रियालाई समेत बिगार्छ र पेटमा ग्यास बन्न सुरु हुन्छ ।

छोटो–छिटो र नचपाई खाँदा ग्यास्ट्राइटिसको समस्या निम्तिन्छ ।

पेटमा स्वस्थ र अस्वस्थ ब्याक्टेरिया हुन्छन् । यस्ता ब्याक्टेरियाको ब्यालेन्स नमिल्दा पनि ग्यास्ट्राइटिसको समस्या उत्पन्न हुन्छ । लसुन, प्याजजस्ता तरकारीलाई सही तरिकाले प्रयोग नगर्दा पनि ब्याक्टेरियाको ब्यालेन्स बिग्रन सक्छ ।

कब्जियतको समस्याले शरीरमा भएको टक्सिन्स बाहिर आउन सक्दैन । जसका कारण पेटमा ग्यास बन्न थाल्छ ।

तपाईको प्रतिक्रिया