Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं –  नेपाल टेलिकमले बैशाख मसान्तसम्म ३ सय ७५ किलोमिटर अप्टिकल फाइबर विछ्याउने कार्य सम्पन्न गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कुल १ हजार किलोमिटर अप्टिकल फाइबर विछ्याउने लक्ष्य लिएकोमा २०७५ असार मसान्तसम्ममा पहिलो चरणको ४ सय किलोमिटर अप्टिकल फाइबर विछ्याउने काम अन्तिम चरणमा पुगेको हो ।

बैशाख मसान्तसम्म ३ सय ७५ किलोमिटर फाइबर विछ्याउने कार्य सम्पन्न भैसकेको टेलिकमले जनाएको छ । टेलिकमद्धारा जारी विज्ञप्ति अनुसार सेवाको स्तरोन्नती गर्दै सेवाको गुणस्तर बृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तार गरी मुलुकका विभिन्न क्षेत्रमा अप्टिकल फाइबर विछ्याउने कार्य गरिरहेको छ ।

अव असार मसान्तसम्म थप १ सय ७५ किलोमिटर नेटवर्क जडान गर्ने कार्य सम्पन्न हुने टेलिकमको दावी छ । यसका साथै आगामी आर्थिक वर्ष २०७५/७६ को प्रथम चौमासिक अवधिमा बााकी ४ सय ५० किलोमिटर थप जडान कार्य सम्पन्न गरी कुल १ हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म सम्पन्न भएका नेटवर्कहरुमा बसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खादबारी, हिले–भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–सााफेबगर–मंगलसेन र लमही–तुलसिपुर रहेका छन् ।

नेटवर्कमार्फत पहाडी जिल्लाहरु भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेलधुरा, डोटी, अछाम र बैतडी लगायतका जिल्लाहरु आवद्ध हुनेछन ।

नेटवर्क विस्तार भए पछि कम्पनीको भ्वाइस र डाटा सेवा अझ गुणस्तरीय हुने कम्पनीले दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया